Kathmandu Press

उखु किसानहरुको आवाज र मागप्रति सरकार गम्भीर देखिएन् : सांसद बस्नेत

उखु किसानले पाउँदै आएकोप्रति क्विन्टल ७० को अनुदान रकम घटाएर ३५ मात्र दिने सरकारले अर्को किसान विरोधी निर्णय गरेको पनि उनको भनाई छ।  
उखु किसानहरुको आवाज र मागप्रति सरकार गम्भीर देखिएन् : सांसद बस्नेत

काठमाडौं, भदौ १३ : नेकपा माओवादीका सांसद शक्ति बस्नेतले विगत केही दिनदेखि सडकमा रहेका उखु किसानहरुको आवाज र मागप्रति सरकार गम्भीर नदेखिएको बताएका छन्। 

शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकारको जनविरोधी रवैया विरुद्ध उखु किसानहरु विगत केही दिनदेखि वर्षा र तीज जस्ता पर्वहरुको चिन्ता नगरी सडकमा धर्ना गरिरहेपनि सरकार उनीहरुको आवाज र मागप्रति गम्भीर नदेखिएको बताए। 

उखु किसानले पाउँदै आएकोप्रति क्विन्टल ७० को अनुदान रकम घटाएर ३५ मात्र दिने सरकारले अर्को किसान विरोधी निर्णय गरेको पनि उनको भनाई छ।  

‘गत वर्ष उखु किसानले पाउनु पर्ने भुक्तानी करिब १ अर्ब ५० करोडभन्दा बढि अनुदान रकम आजसम्म सरकारले भुक्तानी गरेको छैन। अझै किसानले पाउँदै आएकोप्रति क्विन्टल ७० को अनुदान रकम घटाएर ३५ मात्र दिने सरकारले अर्को किसान विरोधी निर्णय गरेको छ,’ उनले भने, ‘सरकारको जनविरोधी रवैया विरुद्ध किसानहरु विगत केही दिनदेखि वर्षा र तीज जस्ता पर्वहरुको चिन्ता नगरि सडकमा धर्ना गरिरहेका छन्। तर सरकार उनीहरुको आवाज र मागप्रति गम्भीर देखिएको छैन।’  

उनले उखु किसानले पाउनुपर्ने गत वर्षको भुक्तानी रकम दिन र प्रति क्विन्टल अनुदान रकम ७० नै कायम राख्न पनि माग गरेका छन्। 
 

प्रकाशित मिति: १४:४९ बजे, शुक्रबार, भदौ १३, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्