Kathmandu Press

राष्ट्रपतिद्वारा विन्ध्यवासिनी मन्दिरको लिफ्ट उद्घाटन

पोखरा, फागुन २३ : राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार पोखराको विन्ध्यवासिनी मन्दिरको लिफ्टको उद्घाटन गरेकी छन् ।

राष्छट्रपति भण्डारी लिफ....

राष्ट्रपतिद्वारा विन्ध्यवासिनी मन्दिरको लिफ्ट उद्घाटन
काठमाडौं प्रेस

पोखरा, फागुन २३ : राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार पोखराको विन्ध्यवासिनी मन्दिरको लिफ्टको उद्घाटन गरेकी छन् ।

राष्छट्रपति भण्डारी लिफ्टबाटै विन्ध्यवासिनी मन्दिर प्रवेश गरेकी छन् । उनले शिव, विन्ध्यवासिनी र गणेश मन्दिरमा पूजा समेत गरेकी छन् ।

Hardik ivf

हुन्डाई मोटर कम्पनी कोरिया र लक्ष्मी ग्रुपको करिव एक करोडमा लिफ्ट निर्माण गरिएको हो । ६० फिट अग्लो लिफ्टमा एकैपटक १२ जनासम्म चढ्न मिल्ने विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका सचिव तीर्थ श्रेष्ठले बताए । लिफ्टको भारवहन क्षमता ६ सय ८० किलोग्राम छ ।

ज्येष्ठ तथा असहाय नागरिकलाई मन्दिरमा पूजा तथा दर्शन गर्न सजिलो बनाउँन लिफ्ट निर्माण गरिएको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका सचिव श्रेष्ठले बताए ।

 

प्रकाशित मिति: २१:१५ बजे, बिहीबार, फागुन २३, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्