Kathmandu Press

‘उखु किसानमाथि अन्याय भयो, सरकारले वेवास्ता गर्न मिल्दैन’

सांसद साउदले २०६६ सालदेखि पटक–पटक आन्दोलन गर्दै आएका उखु किसानहरूले हरेक पटक सरकारबाट आश्वासन पाएपछि आन्दोलन स्थगित गर्दै गाउँ फर्कने गरेको बताए।
‘उखु किसानमाथि अन्याय भयो, सरकारले वेवास्ता गर्न मिल्दैन’

काठमाडौं, भदौ १३ : नेपाली कांग्रेसका सांसद एनपी साउदले उखु किसानहरूलाई बक्यौता भुक्तानी नदिइएको र सरकारले दिनुपर्ने अनुदान कटौती गरिएको भन्दै गम्भीर आपत्ति जनाएका छन्।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद साउदले नेपाल कृषिप्रधान देश भए पनि किसानहरू विशेषतः उखु किसानहरू वर्षौंदेखि निरन्तर अन्यायमा परेको बताएका हुन्।

Hardik ivf

‘नेपाल कृषि प्रधान देश भएपनि उखु किसानहरु निरन्तर अन्यायमा परिरहेका छन्। हाल सरकारले प्रदान गर्दै आएको अनुदान कटौती र बक्यौता रकमसमेत नपाउँदा किसानहरू राजधानीको माइतीघरमा धर्ना दिन बाध्य भएका छन्,’ उनले भने, ‘यो अवस्था हाम्रो कृषि आधारित अर्थतन्त्र र उखु उत्पादन चक्रका लागि गम्भीर चिन्ताको विषय हो।’

सांसद साउदले २०६६ सालदेखि पटक–पटक आन्दोलन गर्दै आएका उखु किसानहरूले हरेक पटक सरकारबाट आश्वासन पाएपछि आन्दोलन स्थगित गर्दै गाउँ फर्कने गरेको बताए।

उनले किसानहरुले समस्याको समाधान नपाएपछि आन्दोलनको चक्र दोहोरिरहने अवस्था आएको समेत बताए।

२०७६ साल पुस १८ गते उखु किसान र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच भएको सम्झौता अनुसार ‘उखु किसानलाई अनुदान दिने सम्बन्धी कार्यविधि २०७५’ निर्माण गरिएको थियो, जुन हालसम्म तीनपटक संशोधन भइसकेको छ।

तर उक्त कार्यविधि अनुसार कार्यान्वयन नहुँदा अर्बौं रुपैयाँको भुक्तानी अझै बाँकी रहेको र किसानप्रति अन्याय मात्रै नभई राज्यको विश्वसनीयतामै प्रश्न उठ्ने स्थिति सिर्जना भएको साउदको भनाइ छ।

उनले सरकारलाई उखु किसानको मागलाई तुरुन्त सम्बोधन गर्दै, बक्यौता भुक्तानी सुनिश्चित गर्न र दीर्घकालीन समाधानको बाटो खोल्न आग्रह गरे।
 

प्रकाशित मिति: १४:४७ बजे, शुक्रबार, भदौ १३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्