Kathmandu Press

कवाडीमाथिको अत्याचार तत्काल रोकियोस् : सांसद यादव 

‘यो देशमा सबै नागरिकले सम्मानजनक जीवन बाँच्ने अधिकार छ,’ उनले भनिन्, ‘तर काठमाडौं महानगरले जुन व्यवहार कवाडीहरूमाथि गरिरहेको छ, त्यो अत्याचारपूर्ण र अपमानजनक छ।’
कवाडीमाथिको अत्याचार तत्काल रोकियोस् : सांसद यादव 

काठमाडौं, भदौ १३ : नेपाली कांग्रेसकी सांसद नागिना यादवले काठमाडौं महानगरपालिकाले कवाड व्यवसायीहरूमाथि गरेको अत्याचार र तोडफोडको विरोधमा आवाज उठाएकी छिन्।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद यादवले महानगरको कार्यशैलीप्रति आपत्ति जनाउँदै अदालतको आदेश विपरीत महानगरले कवाडीहरूमाथि गरेको कारबाही अमानवीय भएको बताइन्।

Hardik ivf

‘यो देशमा सबै नागरिकले सम्मानजनक जीवन बाँच्ने अधिकार छ,’ उनले भनिन्, ‘तर काठमाडौं महानगरले जुन व्यवहार कवाडीहरूमाथि गरिरहेको छ, त्यो अत्याचारपूर्ण र अपमानजनक छ।’

उनले केही दिनदेखि काठमाडौं महानगरपालिकाको कारबाहीविरुद्ध कवाड व्यवसायीहरू आन्दोलनमा छन्, तर सरकारले अझैसम्म पहल नगर्नु दुःखद् विषय भएको बताइन्।

‘सोमबारदेखि व्यवसायीहरू सडकमा छन्, वार्तामा बोलाएर उनीहरूको माग सम्बोधन गर्न सरकारलाई आग्रह गर्दछु, काठमाडौं महानगरपालिकाको कारबाहीविरुद्ध कवाड व्यवसायीहरू आन्दोलनमा छन्, तर सरकारले अझैसम्म पहल नगर्नु दुःखद् विषय हो,’ उनले भनिन्।

यादवले कवाड व्यवसायीहरूमाथि भएको धनजनको क्षति र उत्पीडनको विषयमा तत्काल छानबिन गरी पीडितलाई न्याय दिन सरकारसँग माग गरेकी छिन्।
 
प्रकाशित मिति: १४:४२ बजे, शुक्रबार, भदौ १३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्