Kathmandu Press

प्रधानमन्त्रीको चीन भ्रमणअघि राष्ट्रिय सहमति आवश्यक : सांसद पराजुली

‘लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालका अभिभाज्य भूभाग हुन् भन्ने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी हिमाल झै अटल रहेको छ,’ उनले भने।
प्रधानमन्त्रीको चीन भ्रमणअघि राष्ट्रिय सहमति आवश्यक : सांसद पराजुली

काठमाडौं, भदौ १३ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालका अभिन्न भूभाग भएको भन्दै राष्ट्रिय हितका मुद्दामा साझा अवधारणा निर्माणको आवश्यकता औँल्याएका छन्।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पराजुलीले प्रधानमन्त्रीको आसन्न चीन भ्रमणलाई संकेत गर्दै भ्रमण अघि राष्ट्रियताको सन्दर्भमा साझा धारणा बनाउन आग्रह गरे। 

Hardik ivf

‘लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालका अभिभाज्य भूभाग हुन् भन्ने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी हिमाल झै अटल रहेको छ,’ उनले भने।

सुगौली सन्धि (सन् १८१६) बाट नै नेपालको पश्चिमी सिमा काली नदी रहेको स्पष्ट भइसकेको भन्दै उनले यस विषयमा कुनै विवाद अस्वीकार्य नहुने बताए। सांसद पराजुलीले राष्ट्रको स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डतामा सम्झौता गर्न नसकिने स्पष्ट पारे। 

‘राष्ट्रको प्रत्यक्ष सहमति बिना कुनै पनि सम्झौता वैधानिक हुन सक्दैन। नेपालको सहभागिता र सहमति बिना गरिने कुनै पनि सम्झौता वा गतिविधि राष्ट्रहितविपरीत हुनेछ,’ उनले भने।

सांसद पराजुलीले सरकारले राष्ट्रहित माथि कुनै सम्झौता नगर्ने प्रतिबद्धता जनाउनुपर्ने पनि माग गरे।

प्रकाशित मिति: १४:२६ बजे, शुक्रबार, भदौ १३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्