Kathmandu Press

सरकारले तोक्यो विशेष अदालतका अध्यक्ष र सदस्य

शुक्रबार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले विशेष अदालतमा अध्यक्ष र चारजना सदस्य तोक्ने निर्णय गरेको हो। विशेषको अध्यक्षमा उच्च अदालतका न्यायाधीश सुदर्शनदेव भट्टलाई तोकिएको छ।
सरकारले तोक्यो विशेष अदालतका अध्यक्ष र सदस्य

काठमाडौं, भदौ १३ : सरकारले न्याय परिषदको सिफारिस अनुरुप विशेष अदालतका अध्यक्ष र सदस्यहरू तोकेको छ।

शुक्रबार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले विशेष अदालतमा अध्यक्ष र चारजना सदस्य तोक्ने निर्णय गरेको हो। विशेषको अध्यक्षमा उच्च अदालतका न्यायाधीश सुदर्शनदेव भट्टलाई तोकिएको छ। 

Hardik ivf

सदस्यहरूमा उच्च अदालत, जनकपुरको वीरगन्ज इजलासका न्यायाधीश नारायणप्रसाद पौडेल, उच्च अदालत सुर्खेतका न्यायाधीश हेमन्त रावल, जुम्ला इजलासका न्यायाधीश डिल्लीरत्न श्रेष्ठ र वीरगन्ज इजलासका न्यायाधीश उमेश कोइरालालाई तोकिएको छ। 

कानुनतः विशेष अदालतका अध्यक्ष र सदस्यहरू न्यायपरिषद्को परामर्शमा मन्त्रिपरिषद्ले तोकिने व्यवस्था छ। गत साउन ३० गते बसेको न्याय परिषद् बैठकले विशेष अदालतको अध्यक्ष र सदस्यमा उच्च अदालतका पाँचजना न्यायाधीशको नाम सिफारिस गरेको थियो। 

प्रकाशित मिति: १४:०८ बजे, शुक्रबार, भदौ १३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्