Kathmandu Press

रास्वपा नेता पाँडेविरुद्ध साइबर अपराधमा मुद्दा दर्तासँगै बयान शुरू

प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गरेको हो । मुद्दा दर्ता भएसँगै न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा पाँडेको बयान पनि सुरु भएको छ। 
रास्वपा नेता पाँडेविरुद्ध साइबर अपराधमा मुद्दा दर्तासँगै बयान शुरू

काठमाडौं, भदौ १३ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता अरनिको पाँडेविरुद्ध साइबर अपराधको अभियोगमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। 

प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गरेको हो । मुद्दा दर्ता भएसँगै न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा पाँडेको बयान पनि सुरु भएको छ। 

बयान सकिएपछि थुनछेक बहस हुनेछ । बयान र थुनछेक बहस सकिएपछि पुर्पक्षका लागि कारागार पठाउने वा साधारण तारेख तथा धरौटीमा छाड्ने मध्ये एउटा आदेश आउने छ। 

प्रहरीको केन्द्रीय साइबर ब्यूरोले पाँडेलाई बुधबार पक्राउ गरेको थियो । उनलाई अदालतले बिहीबार मात्रै चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न थुना म्याद दिएको थियो। 

पाँडेविद्ध बेलायत बस्ने एक महिलालाई इमेल र ह्वाट्स एपमार्फत अपशब्द बोल्दै गाली गरेको आरोप लागको छ। 

वातावरणविद् भनेर चिनिने पाँडे राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्य छन् । रास्वपा सरकारमा रहेको बेला पाँडे २०८० सालमा राष्ट्रिय योजना आयोगको सदस्य समेत बनेका थिए।
 
प्रकाशित मिति: १४:०५ बजे, शुक्रबार, भदौ १३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्