Kathmandu Press

माओवादीको पार्टी कार्यलयमा शिक्षक महासंघको धर्ना

सरकारले आफूहरुसँग गरेको सहमति पूर्णरुपमा सम्बोधन नगरेको भन्दै महासंघले माओवादीको पार्टी कार्यालयमा धर्ना दिएको हो।
माओवादीको पार्टी कार्यलयमा शिक्षक महासंघको धर्ना

काठमाडौं, भदौ १३ : शिक्षक महासंघले नेकपा माओवादी केन्द्रको पार्टी कार्यलय पेरिसडाँडामा धर्ना दिएका छन्। 

सरकारले आफूहरुसँग गरेको सहमति पूर्णरुपमा सम्बोधन नगरेको भन्दै महासंघले माओवादीको पार्टी कार्यालयमा धर्ना दिएको हो।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले पहिलो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत आज माओवादीको पार्टी कार्यालयमा धर्ना दिएको जानकारी दिए। महासंघले  पार्टी कार्यालयमा ध्यानाकर्षण पत्र समेत बुझाउने छ। 

उनले सरकारले आफूहरुसँग गरेको सहमति पूर्णरुपमा सम्बोधन हुन नसकेकाले दबाव दिनका लागि राजनीतिक दलका कार्यालयमा धर्ना दिएको बताए। 

२१ गतेदेखि दोस्रो चरण आन्दोलन कडा रुपमा सञ्चालन हुने उनले बताए। 

Photo-(3)-(36)-1756452902.jpg
 
प्रकाशित मिति: १३:२० बजे, शुक्रबार, भदौ १३, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्