Kathmandu Press

चन्द्रकुबेर खापुङलाई प्रहरी महानिरीक्षक बनाउने मन्त्रिपरिषद्को निर्णय

शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले खापुङलाई प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको हो। 
चन्द्रकुबेर खापुङलाई प्रहरी महानिरीक्षक बनाउने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं, भदौ १३ : चन्द्रकुबेर खापुङ प्रहरी महानिरीक्षक (आईजिपी) बन्ने भएका छन्। 

शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले खापुङलाई प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको हो। 

Hardik ivf

हालका आईजिपी दीपक थापा भदौ १८ गतेबाट अनिवार्य अवकाशम जाँदैछन्। त्यसपछि खापुङ महानिरीक्षक बन्ने छन्। उनी नेपाल प्रहरीको ३२औं आइजिपी हुनेछन्।

एआइजी खापुङ हाल केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को प्रमुखका रुपमा कार्यरत छन्। 

उनले प्रहरी निरीक्षकमा २०५२ सालबाट सेवामा प्रवेश गरेका थिए। नयाँ प्रहरी विधेयक पारित भएर कार्यान्वयनमा नआए उनी करिब तीन महिनाका लागि मात्रै आइजिपी बन्नेछन्। 

प्रहरी नियमावली अनुसार उनी पनि ३० वर्षे सेवा हदकै कारणले मंसिर २३ गतेसम्म मात्रै प्रमुख हुनेछन्। 

प्रकाशित मिति: १३:०२ बजे, शुक्रबार, भदौ १३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्