Kathmandu Press

सुनको मूल्य २ लाख नाघ्यो

महासंघका अनुसार शुक्रबार सुन प्रतितोला दुई लाख ६ सय रूपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुनको मूल्य प्रतितोला एक लाख ९९ हजार चार सय रूपैयाँमा थियो।
सुनको मूल्य २ लाख नाघ्यो

काठमाडौं, भदौ १३ : नोपली बजारमा सुनको मूल्य हालसम्मै उच्च विन्दूमा पुगेको छ। आज प्रतितोला १२ सय रूपैयाँले बढेपछि सुनको मूल्य २ लाखमाथि पुगेको छ। 

महासंघका अनुसार शुक्रबार सुन प्रतितोला दुई लाख ६ सय रूपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुनको मूल्य प्रतितोला एक लाख ९९ हजार चार सय रूपैयाँमा थियो।

त्यस्तै, शुक्रबार चाँदीको मूल्य पनि प्रतितोला पाँच रूपैयाँले बढेको छ। शुक्रबार २३ सय ६० रूपैयाँ पुगेको छ। 

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३४०८.९३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित मिति: १२:१२ बजे, शुक्रबार, भदौ १३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्