राष्ट्रिय अनुसन्धान विभागमा जागिरको अवसर, ९० पदमा आवेदन खुल्ला
विभागले शुक्रबार एक सूचना जारी गर्दै नेपाल विशेष सेवाअन्तर्गत अनुसन्धान अधिकृत र अनुसन्धान सहायक पदमा कुल ९० जना कर्मचारी माग गरेको हो ।
काठमाडौँ, भदौ १३ : राष्ट्रिय अनुसन्धान विभागले ठूलो संख्यामा नयाँ जनशक्तिका लागि दरखास्त आह्वान गरेको छ ।
विभागले शुक्रबार एक सूचना जारी गर्दै नेपाल विशेष सेवाअन्तर्गत अनुसन्धान अधिकृत र अनुसन्धान सहायक पदमा कुल ९० जना कर्मचारी माग गरेको हो ।
विभागले सार्वजनिक गरेको सूचनाअनुसार, अनुसन्धान अधिकृत पदका लागि ४० जना र अनुसन्धान सहायक पदका लागि ५० जना कर्मचारीको आवश्यकता रहेको छ ।
यी पदहरूका लागि तोकिएको शैक्षिक योग्यता र अन्य मापदण्ड पुगेका इच्छुक उम्मेदवारहरूले आवेदन दिन सक्नेछन् ।
प्रकाशित मिति: ०८:४५ बजे, शुक्रबार, भदौ १३, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार