Kathmandu Press

साफ यु–१७ च्याम्पियनसिपः नेपाल र भारत भिड्दै

नेपाली समयअनुसार खेल आज अपराह्न ६ः०० बजे हुने अखिल नेपाल फुटबल सङ्घले जनाएको छ । डबल राउन्ड रोबिन लिगमा जारी प्रतियोगितामा भारत १२ अङ्कका साथ पहिलो स्थानमा छभने तीन अङ्कका साथ नेपाल तेस्रो स्थानमा छ । 
साफ यु–१७ च्याम्पियनसिपः नेपाल र भारत भिड्दै
Hardik ivf

काठमाडौँ, भदौ १३ : दक्षिण एसियाली फुटबल महासङ्घ ९साफ० १७ वर्षमुनिका महिला सम्मिलित प्रतियोगिता (यु–१७) च्याम्पियनसिपअन्तर्गत आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ ।

नेपाली समयअनुसार खेल आज अपराह्न ६ः०० बजे हुने अखिल नेपाल फुटबल सङ्घले जनाएको छ । डबल राउन्ड रोबिन लिगमा जारी प्रतियोगितामा भारत १२ अङ्कका साथ पहिलो स्थानमा छभने तीन अङ्कका साथ नेपाल तेस्रो स्थानमा छ । 

घरेलु मैदानमा कुनै जित ननिकालेको भुटान चौथो स्थानमा छ । नौ अङ्कका साथ बङ्गलादेश दोस्रो स्थानमा छ । प्रतियोगितामा यिनै चार देश सहभागी छन् । खेल तालिकाअनुसार यही भदौ १५ गते भुटानसँग नेपाल भिड्ने छ । उपाधि जित्ने होडबाट नेपाल बाहिरिएको छ ।  

प्रकाशित मिति: ०८:१६ बजे, शुक्रबार, भदौ १३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्