Kathmandu Press

आशिका तामाङलाई ५ दिन कैद सजाय

जिल्ला न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले तामाङ र शरण तिरुवालाई आपराधिक उपद्रोको मुद्दामा दोषी ठहर गर्दै ५ दिनको कैद सजाय सुनाएको हो। 
आशिका तामाङलाई ५ दिन कैद सजाय

काठमाडौँ, भदौ १२ : भक्तपुर जिल्ला अदालतले आशिका तामाङसहित २ जनालाई आपराधिक उपद्रवको मुद्दामा दोषी ठहर गरेको छ। 

जिल्ला न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले तामाङ र शरण तिरुवालाई आपराधिक उपद्रोको मुद्दामा दोषी ठहर गर्दै ५ दिनको कैद सजाय सुनाएको हो। 

तामाङविरुद्ध भक्तपुरको सूर्यविनायक नगरपालिकास्थित साँगामा बनाएको झोलुङ्गे पुल वारपार गर्न शुल्क लिएको विषयमा तामाङले बोर्ड च्यात्ने, शुल्क उठाउन बसेका कर्मचारीलाई दुर्व्यवहार गरेको आरोप थियो। 

तामाङविरुद्ध भक्तपुर नगरपालिकाले नै आपराधिक उपद्रो कसुर गरेको दाबीसहित जाहेरी दिएको थियो।  

अदालतले उनीहरूविरुद्ध जनही ५ सय रुपैयाँ जरिवाना र ८ हजार ३ सय रुपैयाँ क्षतिपुर्ति तथा पीडित राहत कोषमा जनही २ सय रुपैयाँ भराउन फैसला सुनाएको छ।


 

प्रकाशित मिति: १९:३९ बजे, बिहीबार, भदौ १२, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्