Kathmandu Press

प्रचण्डलाई जनार्दनको कटाक्ष– के गर्छस् मंगले, आफ्नै ढंगले जस्तै भयो 

‘आफ्नै बुद्धिले, के गर्छस् मङ्गले आफ्नै ढङ्गले भन्या जस्तो गठबन्धन फेर्ने अभियानमा लाग्नुको कारणले आज यस्तो ठाउँमा पुग्यो आज जनताको एजेन्डाहरू सम्बोधन गर्ने सम्भावना छैन । अहिले विभिन्न काण्डै काण्ड हेरिराख्नुपरेको छ । त्यसको जिम्मेवार पनि हामी हौँ।’
प्रचण्डलाई जनार्दनको कटाक्ष– के गर्छस् मंगले, आफ्नै ढंगले जस्तै भयो 
फाइल तस्बिर।

काठमाडौं, भदौ १२ : नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले २०७९ को चुनावपछि सरकारको नेतृत्व गर्ने अवसर पाए पनि गठबन्धन फेर्न र शासनलाई सेवाको रूपमा बदल्न नसक्दा आफूहरू चुकेको बताए।

चुनावपछि सरकारको नेतृत्व गर्दा केही कामको थालनी भए पनि आफ्नै बुद्धिका कारण समस्या आएको भन्दै शर्माले आफ्नै अध्यक्ष लक्षित कटाक्ष समेत गरे। 

बिहीबार काठमाडौंमा आयोजित वर्तमान राजनीतिक संकट र निकास विषय अन्तरक्रिया शर्माले भने, ‘आफ्नै बुद्धिले, के गर्छस् मङ्गले आफ्नै ढङ्गले भन्या जस्तो गठबन्धन फेर्ने अभियानमा लाग्नुको कारणले आज यस्तो ठाउँमा पुग्यो आज जनताको एजेन्डाहरू सम्बोधन गर्ने सम्भावना छैन । अहिले विभिन्न काण्डै काण्ड हेरिराख्नुपरेको छ । त्यसको जिम्मेवार पनि हामी हौँ।’

Hardik ivf

शर्माले पार्टीभित्र आन्तरिक लोकतन्त्र स्थापना गर्न नसक्दा आज समस्या देखा परेको पनि बताए। उनले स्वार्थ समूहभन्दा बाहिर रहेर कम्युनिस्ट ध्रुविकरण आजको आवश्यकता रहेको पनि बताए ।

‘हामीले नेकपा बनाएर पनि प्रयास गर्‍यौँ। सिद्धान्त मिलेको थियो थिएन एउटा पाटो होला । मिलाउन सक्ने ठाउँ पनि थियो। जनताको साथले दुई तिहाइ नजिक बहुमत प्राप्त भयो,’ उनले भने, ‘तर सत्ता स्वार्थको कारणले चिसो पानी खन्याइयो । म व्यक्ति विशेषलाई कुनै दोष दिन चाहन्नँ।’

निराशाको जगमा नयाँ नयाँ शक्तिहरू पैदा हुनुको जिम्मेवारी नेकपाको नेतृत्वले लिनुपर्ने पनि उनले बताए। 

‘समाजवादको कुरा गर्ने अनि, व्यक्तिगत स्वार्थमा केन्द्रित भएर त्यो प्रयास असफल बनाइयो। कम्युनिस्ट आन्दोलनलाई धराशायी बनाइयो। कम्युनिस्टभित्र रहेको महारोगको कारणले आज समस्या सिर्जना भएको छ,’ उनले भने, ‘०७९ को चुनावमा गठबन्धन गरेर लड्दा पनि अवसर पाएको अवस्था थियो।’ 

साथै उनले कम्युनिस्ट आन्दोलनको पुनर्गठन नयाँ पुस्ताले अघि बढाउनुपर्ने आवश्यकता पनि औंल्याए। 

पार्टीमा गरेका गल्तीबाट सिकेर पार्टीलाई लोकतान्त्रिकरण गर्ने, वैचारिक बहस गरेर विचार कार्यदिशा, कार्यनीति योजना संगठन, विधि जनता अनुकुल बनाउने प्रतिबद्धताका साथ अघि बढ्नुपर्ने बेला आएको भनाई समेत शर्माले राखे। 

प्रकाशित मिति: १७:३३ बजे, बिहीबार, भदौ १२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्