Kathmandu Press

नदीमा नुहाउनेक्रममा डुबेर बेपत्ता चार किशाेरकाे शव भेटियो

डुबेर मृत्यु हुनेमा १५ वर्षीय जेव भण्डारी, १७ वर्षीय सक्षम जोशी, १७ वर्षीय जादेज भण्डारी र १७ वर्षी प्रतीक चौधरीको शव भेटिएको प्रहरीले जनाएको छ।
नदीमा नुहाउनेक्रममा डुबेर बेपत्ता चार किशाेरकाे शव भेटियो

धनगढी, भदौ १२ : कैलालीको खुटिया नदीमा नुहाउनेक्रममा डुबेर बेपत्ता भएका चार जना किशोरको शव भेटिएको छ।

बिहीबार गोदावरी नगरपालिका–९ स्थित खुटिया नदीमा नुहाउने क्रममा धनगढीका चार किशोर बेपत्ता भएका थिए। 

डुबेर मृत्यु हुनेमा १५ वर्षीय जेव भण्डारी, १७ वर्षीय सक्षम जोशी, १७ वर्षीय जादेज भण्डारी र १७ वर्षी प्रतीक चौधरीको शव भेटिएको प्रहरीले जनाएको छ। 

सात जनाको समूहमा दिउँसो खुटिया नदीमा नुहाउने क्रममा उनीहरू डुबेका थिए । अन्य तीन जनाको भने सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १७:२३ बजे, बिहीबार, भदौ १२, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्