Kathmandu Press

३८ अंकले घट्यो नेप्से,  कारोबार रकम भने बढ्यो

बिहीबार कुल ७ अर्ब ६८ करोड ३३ लाख ८६ हजार ४४१ रुपैयाँ बराबरको काराेबार भएकाे छ।
३८ अंकले घट्यो नेप्से,  कारोबार रकम भने बढ्यो

काठमाडौं, भदौ १२ : बुधबारको बजारमा बढेर २८ सय बिन्दुमाथि पुगेको नेप्से परिसुचक एकदिन पनि टिक्न नसक्दा साताको अन्तिम कारोबार दिन ३८.१० अंकले घटेर २७८१ बिन्दुमा बन्द भएको छ ।

बिहीबार कुल ७ अर्ब ६८ करोड ३३ लाख ८६ हजार ४४१ रुपैयाँ बराबरको १ करोड ४९ लाख ८६ हजार १४२ कित्ता शेयर कारोबार भएकोमा बिहिवार कुल ३२२ स्टकको ८ अर्ब ९ करोड ५६ लाख १० हजार ४४५ रुपैयाँ बराबरको १ करोड ७८ लाख ९१ हजार ९१७ कित्ता शेयर कारोबार भएको छ।

Hardik ivf

आज सेन्सेन्टीभ इन्डेक्स ५.७४ अंकले घटेको छ भने फ्लोट इन्डेक्स २.५५ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स २.०२ अंकले घटेको छ।

आज विकास हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस कमपनीको शेयर मूल्य प्रतिकित्ता ५१.७० रुपैयाँले बढेर ५६८.९० रुपैयाँमा अन्तिम कारोबार भएको छ।

मैलुङखोला जलविद्युत कम्पनीको शेयर मूल्य प्रतिकित्ता २०.५६ रुपैयाँले बढेर ५८९.२१ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

थ्री स्टार हाइड्रोपावरको शेयर मूल्य प्रतिकित्ता २८.१२ रुपैयाँले बढेर ८५३.२० रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यसैगरी, एनएलजी इन्स्योरेन्स कम्पनीको शयेर मूल्य २६.०९ रुपैयाँले बढेर ८४४.२६ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

ओरियन्टल होटेल्स लिमिटेडको शेयर मूल्य ४.७१ प्रतिशतले घटेर ८५९.७४ रुपैयाँमा अन्तिम कारोबार भएको छ  लुम्बिनी विकास बैंकको शेयर मूल्य ४.१८ प्रतिशतले घटेर प्रतिकित्ता ५५२.९९ रुपैयाँमा अन्तिम कारोबार भएको छ। सांग्रिला विकास बैंकको शेयर मूल्य ३.८७ प्रतिशतले घटेर ४३१.३९ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

आज नेपाल रिइन्स्योरेन्स कम्पनी, हिमालयन रिइन्स्योरेन्स कम्पनी, हिमालयन डिस्टिलरी, शिवम् सिमेन्ट र युनाइटेड मोदी हाइड्रोपावरको शेयर सबैभन्दा धेरै कारोबार भएको छ।
 

प्रकाशित मिति: १७:०९ बजे, बिहीबार, भदौ १२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्