Kathmandu Press

रास्वपा नेता अरनिको पाँडेलाई चार दिन थुनामा राख्न अनुमति

जिल्ला अदालत काठमाडौंले पाँडेविरुद्ध अनुसन्धान गर्नका लागि प्रहरीलाई ४ दिनको म्याद थप गरेको हो। 
रास्वपा नेता अरनिको पाँडेलाई चार दिन थुनामा राख्न अनुमति

काठमाडौँ, भदौ १२ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य डा.अरनिको पाँडेलाई ४ दिन थुनामै राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।

जिल्ला अदालत काठमाडौंले पाँडेविरुद्ध अनुसन्धान गर्नका लागि प्रहरीलाई ४ दिनको म्याद थप गरेको हो। 

एक महिलालाई सामाजिक सञ्जाल मार्फत गालीगलौज गरेको आरोपमा पाँडे बुधबार पक्राउ परेका थिए। 

महिलाले उजुरी दिएपछि पक्राउ गरी साइबर ब्यूरोले अनुसन्धान अघि बढाएको छ। 

प्रकाशित मिति: १६:०५ बजे, बिहीबार, भदौ १२, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्