भागेश्वरका उखु किसान आन्दोलित, माग पूरा नभए तीन जिल्लामा प्रदर्शन गर्ने
बिहीबार भागेश्वर चिनी मिलले ‘हाम्रो माग पूरा गर,’ ‘उखु अनुदान भुक्तानी गर,’ ‘किसानले न्याय कहिले पाउने?’, ‘एकतर्फी मूल्य स्वीकार छैन’ र ‘उखु कृषक शोषण बन्द गर’ जस्ता नारासहित प्रदर्शन गरेको हो।काठमाडौं, भदौ १२ : भागेश्वर उखु किसान हकहित संरक्षण समितिले सरकारले समयमै माग सम्बोधन नगरेको भन्दै काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ। भागेश्वर चिनी मिलमा आबद्ध किसानहरुको अगुवाइमा प्रदर्शन गरिएको हो।
बिहीबार भागेश्वर चिनी मिलले ‘हाम्रो माग पूरा गर,’ ‘उखु अनुदान भुक्तानी गर,’ ‘किसानले न्याय कहिले पाउने?’, ‘एकतर्फी मूल्य स्वीकार छैन’ र ‘उखु कृषक शोषण बन्द गर’ जस्ता नारासहित प्रदर्शन गरेको हो।
प्रदर्शनमा बोल्दै कञ्चनपुर उखु उत्पादक किसान हकहित संरक्षण समितिका अध्यक्ष हरिजन ठकुरीले सरकारले माग सम्बोधन नगरे आफ्नो शक्ति प्रदर्शन तराईका तीनवटा जिल्लामा गर्ने बताए।
‘सरकारले वार्तामा बोलाएको छ। वार्तामा बोलाएको भोलिसम्म हाम्रो आन्दोलन टुंगिने आशामा छौं,’ उनले भने, ‘एक हप्ते सांकेतिक धर्ना प्रदर्शन गरेका हौं तर माग सम्बोधन नभए आफ्नो शक्ति प्रदर्शन तराईकै तीनवटा जिल्ला सर्लाही, नवलपारासी र कञ्चनपुरमा गएर देखाउने हो। सरकारले अहिलेको ७० रुपैयाँ माग पूरा गर्नुपर्छ।’
किसानको मुख्य माग भनेको प्रतिकिलो उखुमा ७० रुपैयाँ अनुदान सुनिश्चित गर्नु हो। उनीहरुले सरकारी स्तरबाट लामो समयदेखि अनुदानको भुक्तानी रोकिनु किसानमाथिको अन्याय भएको भन्दै विरोध जनाउँदै आएका छन्।
सरकार र किसानबीच वार्ता प्रक्रिया अघि बढ्दै गए पनि माग पूरा नहुन्जेल आन्दोलन स्थगित नहुने किसानहरुको अडान छ।










