Kathmandu Press

मृत्यु भइसकेका पूर्वसचिव अर्यालको भ्रष्टाचार मुद्दा उल्ट्याउन पुनरावलोकन 

निवेदनमाथि आज सर्वोच्च अदालतका तीन न्यायाधीशको पूर्ण इजलासबाट बिहीबार अध्ययन हुँदैछ  
मृत्यु भइसकेका पूर्वसचिव अर्यालको भ्रष्टाचार मुद्दा उल्ट्याउन पुनरावलोकन 

काठमाडौं, भदौ १२ : मृत्यु भइसकेका पूर्वरक्षा सचिव चक्रबन्धु अर्याललाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्ने फैसला उल्ट्याउनुपर्ने माग गर्दै परिवारले सर्वोच्च अदालतमा निवेदन दिएका छन्। 

पूर्वसचिव अर्यालको आठ महिनाअघि नै मृत्यु भइसकेको छ। अर्यालको मुद्दा सकार गर्ने साकार अर्याल सर्वोच्चको फैसला पुनरावलोकन हुनुपर्ने माग गर्दै सर्वोच्च पुगेका हुन्। 

उक्त निवेदनमाथि आज सर्वोच्च अदालतका तीन न्यायाधीशको पूर्ण इजलासबाट बिहीबार अध्ययन हुँदैछ  तीनजना संलग्न न्यायाधीशको पूर्ण इजलासले पुनरावलोकनको अनुमती हुने वा नहुने भनेर निर्णय दिने भएको छ। 

पूर्वसचिव अर्यालको गत पुसमा ८५ वर्षको उमेरमा मृत्यु भएको थियो। सर्वोच्च अदालतले अर्याललाई भष्टाचारमा दोषी ठहर गरेपनि फैसलाको पूर्णपाठ तयार नहुँदै उनको मृत्यु भएको थियो। 

उक्त निवेदनमा सुनुवाईका लागि सर्वोच्चका न्यायाधीश डा.नहकुल सुवेदी, टेकप्रसाद ढुंगाना र शान्तिसिंह थापाको पूर्ण इजलास तोकिएको छ। 


 

प्रकाशित मिति: १५:०२ बजे, बिहीबार, भदौ १२, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्