Kathmandu Press

विद्या भण्डारीलाई ओलीको चेतावनी– त्यसपछि भीम रावललाई झैं कारबाही गर्नुपर्ने हुन्छ 

उहाँ पार्टीमा आएर अध्यक्ष उठेमा हार्नुहुन्छ । हारेपछि पार्टीको विरोधमा लाग्नुहुन्छ । त्यसपछि पार्टीले भीम रावललाई झैँ स्पष्टीकरण र कारबाही जानुपर्ने हुन्छ।’
विद्या भण्डारीलाई ओलीको चेतावनी– त्यसपछि भीम रावललाई झैं कारबाही गर्नुपर्ने हुन्छ 

काठमाडौँ, भदौ १२ : प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई भीम रावललाई झैँ कारबाही गर्नुपर्ने समय आउनसक्ने चेतावनी दिएका छन्। 

पार्टीमा आएर अध्यक्ष उठ्दा नजित्ने र हारेपछि पार्टीविरुद्ध गतिविधि गर्ने अवस्थामा भीम रावललाई झैं कारबाही गर्नुपर्ने भनाई ओलीको छ। एमाले काठमाडौँ जिल्लाबाट प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधिहरुसँग बालुवाटारमा भएको छलफलमा ओलीले यस्तो चेतावनी दिएका हुन्। 

‘उहाँले पार्टीमा आएर अध्यक्ष उठ्दा जित्नुहुुन्न । नेतृत्व लिने कुरा कसैको आँखामा नबिझ्ने लालगेडी हुनु होइन। नेतृत्व क्षमता चाहिन्छ । परिस्थिति अनुसार डटेर सामना गर्नुपर्ने हुन्छ,’ प्रधानमन्त्रीेले भने, ‘उहाँ पार्टीमा आएर अध्यक्ष उठेमा हार्नुहुन्छ । हारेपछि पार्टीको विरोधमा लाग्नुहुन्छ । त्यसपछि पार्टीले भीम रावललाई झैँ स्पष्टीकरण र कारबाही जानुपर्ने हुन्छ।’

Hardik ivf

अध्यक्ष ओलीले यस्तो अवस्था नआओस् भनेर आफूले सम्मानजनक हैसियतमा बस्न र राजनीतिमा नआउन पूर्वराष्ट्रपति भण्डारीलाई सुझाव दिएको पनि बताएका थिए। 

अपमानजनक अवस्थामा जानु नपरोस् 

एमाले अध्यक्ष रहेका प्रधानमन्त्री ओलीले भण्डारीलाई अपमानजनक अवस्थामा जानुपर्ने अवस्था नआओस् भन्दै सचेत पनि गरेका छन्। ‘उहाँलाई अहिले नै सम्मानजनक हैसियत छ । त्यसैले मसँगको भेटमा पनि उहाँलाई पार्टीमा समस्या खडा गर्नेगरी राजनीतिमा नआउन मैले आग्रह गरेको थिएँ । तर उहाँ च्यासलले सदस्यता खोस्यो, पार्टीको नेतृत्वले देश चलाउन सकेन जस्ता मिथ्या आरोपपूर्ण सार्वजनिक अभिव्यक्ति दिन थाल्नुभएको छ।’ 
 
ओलीले भण्डारीलाई निटकस्थहरुले त्यसो नगर्न सम्झाउनुपर्ने र उल्काउन नहुने सुझाव पनि दिएका छन् । साथै ओलीले पूर्वराष्ट्रपति भण्डारीले मिडिया र अरु पार्टीका नेताहरुसँग भेटेर सक्रिय राजनीतिमा आउने कुरा गरेको गुनासो समेत कार्यकर्तासँग गरेका छन्। 

भण्डारीका यस्ता गतिविधिले पार्टी एकतामा सहयोग नपुग्ने निष्कर्ष निकाल्दै केन्द्रीय कमिटीले सदस्यता नदिने निर्णय गरेको दाबीसमेत गरेका छन् । एमाले केन्द्रीय कमिटीले भण्डारीलाई सदस्यता दिँदा आन्दोलनको सम्मानमा आँच पुग्ने निष्कर्ष रहेको पनि ओलीले सुनाए । भण्डारीले पार्टीको एकतालाई भड्काउन नहुने पनि उनले बताए। 

पूर्व राष्ट्रपति भण्डारीले पार्टी र नेतृत्वको विरोध गरेको बिषयले आफु आश्चर्यमा परेको पनि उनले बताए। 

मैले जति माया र सम्मान अरु नेताले गरेका छैनन् 

अध्यक्ष ओलीले पूर्वराष्ट्रपति भण्डारीलाइ आफुले जति माया र सम्मान अरु कुनै नेताले नगरेको स्मरण पनि गराएका छन् । अपमानजनक अवस्थामा जानुभन्दा भण्डारीलाई अहिले नै सम्मानजनक हैसियत भएको भनाई उनको छ। 

उनले भने, ‘त्यसैले मसँगको भेटमा पनि उहाँलाई पार्टीमा समस्या खडा गर्ने गरी राजनीतिमा नआउन मैले आग्रह गरेको थिएँ।’ 

ओलीले नेपालमा वामपन्थी आन्दोलनको ऐतिहासिक र सङ्घर्षपूर्ण विगतको पृष्ठभूमि, पार्टीको हित विपरीत व्यक्तिगत स्वार्थमा लाग्दा आन्दोलनलाई हुन पुगेका क्षति, अहिले पार्टीले लिएको नीति र पार्टीको केन्द्रीय कमिटीको पछिल्लो निर्णय, अहिलेको सरकारले विकास र सुशासनका लागि गर्दै आएका सकारात्मक कामलगायत विषयमा आफ्नो दृष्टिकोण राखेका थिए।
 
 

प्रकाशित मिति: १४:०९ बजे, बिहीबार, भदौ १२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्