Kathmandu Press

सुनको मूल्यमा फेरि उच्च रेकर्ड 

आज सुन प्रतितोला १ लाख ९९ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ।
सुनको मूल्यमा फेरि उच्च रेकर्ड 

काठमाडौं, भदौ १२ : नेपाली बजारमा आजसुनको मूल्यले उच्च रेकर्ड कायम गरेको छ। प्रतितोला चार सय रुपैयाँले सुनको मूल्यले बिहीबार नयाँ रेडर्क बनाएको हो । 

आज सुन प्रतितोला १ लाख ९९ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ। यो हालमसम्मकै उच्च मूल्य हो। गत साउन २३ गते पनि यही मुल्यमा सुनको कारोबार भएको थियो। 

यअसघि बुधबार सुनको मूल्य प्रतितोला १ लाख ९९ हजार रुपैयाँ थियो।

यता चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर प्रतितोला दुई हजार तीन सय ५५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिन प्रतितोला दुई हजार तीन सय ४५ रुपैयाँ कायम थियो। 


 

प्रकाशित मिति: १३:०५ बजे, बिहीबार, भदौ १२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्