‘गुन्यु चोलो : द ड्रेस’को प्रि–बुकिङ खुल्यो
अहिले हलमा ‘जनै हराएको मान्छे’, ‘माग्ने राजा’, ‘कोशेढुंगा’लगायत नेपाली फिल्म चलिरहँदा ‘गुन्यु चोलो : द ड्रेस’ले केही कम शो पाएको हो।-1756364106.jpg)
काठमाडौं, भदाै १२ : भोलिबाट प्रदर्शनमा आउने फिल्म ‘गुन्यु चोलो : द ड्रेस’को प्रि–बुकिङ ओपन भएको छ। हलहरूले फिल्मको शो निकाल्दै प्रि–बुकिङ ओपन गरेका हुन ।
नाजिर हुसेन स्टारर फिल्मले सन्तोषजनक शो पाएको छ। अहिले हलमा ‘जनै हराएको मान्छे’, ‘माग्ने राजा’, ‘कोशेढुंगा’लगायत नेपाली फिल्म चलिरहँदा ‘गुन्यु चोलो : द ड्रेस’ले केही कम शो पाएको हो।
देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले काठमाडौंमा मात्रै पहिलो दिन शुक्रबारलाई १४ शो छुट्टयाएको छ । दर्शक उल्लेख्य पाउँदा यो शो संख्या कम होइन । दर्शकले फिल्म मन पराएको खण्डमा भने हलहरूले शो थप्ने गरेका छन्।
ट्रेलर र अन्य सामग्रीमा नाजिर हुसेनको पफर्मेन्सको तारिफ भइरहेकाले सिनेमालाई दर्शकले मन पराउनेमा निर्माण पक्ष विश्वस्थ छ।
समुन्द्र भट्टको निर्देशन रहेको फिल्म ‘गुन्यु चोलो ः द ड्रेस’ लैंगिक अल्पसंख्यक पारालैंगिक पात्रको कथामा बनेको छ। फिल्ममा नाजिरले पारालैंगिक महिला (ट्रान्सवुमन)को भूमिका निर्वाह गरेका छन्।
नाजिरसँगै फिल्ममा सञ्चिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ र विशाल पहारीको पनि अभिनय छ।
-(56)-1764919423.jpg)




-(56)-1764919423.jpg)





