Kathmandu Press

ऋषि पञ्चमी व्रत कर्मकाण्ड मात्र होइन, संस्कार र शुद्धताको प्रतीक हो : प्रधानमन्त्री ओली 

बिहीबार सामाजिक सञ्जालमार्फत उनले ऋषि पञ्चमी व्रतलाई कर्मकाण्ड मात्र नभई संस्कार र शुद्धताको प्रतीकको रूपमा लिने गरेको बताए।
ऋषि पञ्चमी व्रत कर्मकाण्ड मात्र होइन, संस्कार र शुद्धताको प्रतीक हो : प्रधानमन्त्री ओली 
Hardik ivf

काठमाडौं, भदौ १२ : प्रधानमन्त्री केपी ओलीले  ऋषिपञ्चमी पर्वको अवसरमा शुभकामना दिएका छन्। 

बिहीबार सामाजिक सञ्जालमार्फत उनले ऋषि पञ्चमी व्रतलाई कर्मकाण्ड मात्र नभई संस्कार र शुद्धताको प्रतीकको रूपमा लिने गरेको बताए।

आज तीजको समापन, अर्थात् ऋषि पञ्चमी ।हाम्रो समाजमा ऋषि पञ्चमी व्रतलाई कर्मकाण्ड मात्र होइन, संस्कार र शुद्धताको प्रतीकको रूपमा लिने गरिन्छ,’ उनले लेखेका छन्, ‘मातृत्वको सम्मान र नारी शक्तिको अपरिहार्यता व्यक्त गर्ने यस पर्वको अवसरमा सबै दिदीबहिनीहरूलाई आरोग्य र दीर्घायुको शुभकामना।’
 
प्रकाशित मिति: ११:१२ बजे, बिहीबार, भदौ १२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्