Kathmandu Press

वीरगन्जमा एकैदिन १०६ जना हैजा संक्रमित थपिए, संक्रमितको संख्या ५ सय नाघ्यो

यससँगै जिल्लामा दर्ता भएका संक्रमितको संख्या पाँच सय २८ पुगेको छ।
वीरगन्जमा एकैदिन १०६ जना हैजा संक्रमित थपिए, संक्रमितको संख्या ५ सय नाघ्यो

पर्सा, भदौ १२ : वीरगन्जमा बुधबार एकैदिन १०६ जना नयाँ हैजा संक्रमित थपिएका छन्। यससँगै जिल्लामा दर्ता भएका संक्रमितको संख्या पाँच सय २८ पुगेको छ।

जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिका प्रवक्ता सुमनचन्द्र ठाकुरका अनुसार, संक्रमितमध्ये २५७ जना उपचारपछि घर फर्किसकेका छन् भने २७१ जना विभिन्न अस्पतालमा उपचाररत छन्। उपचाररतमध्ये ३५ जना आईसीयू, ४ जना एचडीयू र २३२ जना जनरल वार्डमा उपचाररत छन्।

नारायणी अस्पतालमा १ सय ५८, वीरगन्ज हेल्थ केयर अस्पतालमा २४, तराई हस्पिटलमा ४२, नेसनल मेडिकल कलेज १९, प्रभु अस्पतालमा ७, सर्वोत्तममा ६, एडभान्स, नारायणी सेन्ट्रल र नीलकण्ठ हस्पिटलमा ४÷४ जना, भवानी अस्पतालमा २ र नेपाल मेडिसिटी बयोधामा १ जनाको उपचार चलिरहेको छ।

वीरगन्ज महानगरपालिकाले जनचेतनामूलक घरदैलो अभियान पनि सञ्चालन गरेको छ। 
 

प्रकाशित मिति: १०:५७ बजे, बिहीबार, भदौ १२, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्