समाजवादका लागि सदाचार नीति ल्याउन खोजिएको हो : अध्यक्ष दाहाल
अध्यक्ष दाहालले राजनीतिकमा सदाचार नीतिको आवश्यक रहेको भन्दै राजनीतिकमा कायम गर्न सके कानून निर्माणदेखी आर्थिक पक्ष, विकास निर्माण लगायत सबै ठिक हुने बताए।
काठमाडौं, भदौ ११ : राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संविधानमा उल्लेखभएनुसारको समाजवादका लागि सदाचार नीति ल्याउन खोजिएको बताएका छन्।
बुधबार विकास आर्थिक समितिमा बोल्दै उनले जनताको गास, बाँस, रोजगारी, शिक्षा, स्वास्थ्यमा पूर्ण पहुँचका लागि सदाचार नीति बनाउन खोजेको बताएका हुन्।
‘धार्मिक भाषामा भन्दा राम राज्य अहिलेको राजनीतिक भाषामा भन्दा संविधानमा भने अनुसारको समाजवाद कतिपय राजनीतिक दलको भाषामा भन्दा त्यो साम्यवाद तर जे भने पनि मूलत गास, बाँस, रोजगारी, शिक्षा, स्वास्थ्यमा नेपाली जनताको पूर्ण पहुँच र त्यसका अधिकारलाई सदुपयोग गरेर अगाडि बढ्ने वातावरण बनाउनको निम्ति हाम्रा केही अप्ठारा, समस्या, जटिलता छन्,’ उलने भने, ‘तिनलाई हटाएर त्यो समाज निमार्ण गर्न सदाचार नीति ल्याउन खोजिएको हो।’
अध्यक्ष दाहालले राजनीतिकमा सदाचार नीतिको आवश्यक रहेको भन्दै राजनीतिकमा कायम गर्न सके कानून निर्माणदेखी आर्थिक पक्ष, विकास निर्माण लगायत सबै ठिक हुने बताए।
‘सबैभन्दा सदाचार नीति पोल्टिक्स (राजनीतिक)मा चाहिएको छ। राजनीतिकमा सदाचार नीति कायम गर्न सकियो भने त्यसैबाट सञ्चालित हुने अरु अवयवहरु कानून निर्माणदेखी आर्थिक पक्षदेखि विकास निर्माण लगायत सबै सही हुन्छ,’ उनले भने, ‘हाम्रो विग्रेको भनेको मुहान नै सफा गर्नुपर्ने स्थितीमा हामी छौं।’










