Kathmandu Press

हाजिरी जमानीमा छुटे एमाले नेता महर 

प्रहरीले उनीविरुद्ध अनुसन्धान गर्न जिल्ला अदालत, काठमाडौंबाट गत ९ भदौमा पक्राउ अनुमति लिएको थियो । नेता महरलाई बुधबार काठमाडौंबाट पक्राउ गरिएको हो। 
हाजिरी जमानीमा छुटे एमाले नेता महर 

काठमाडौं, भदौ ११ : सामाजिक सञ्जालबाट युवतीको चरित्रहत्या र गाली बेइज्जती कसुरमा पक्राउ परेका एमालेका केन्द्रीय सदस्य ऐन महर हाजिरी जमानीमा छुटेका छन्।

महरलाई प्रहरीको साइबर ब्यूरोले हाजिरी जमानीमा छाडेको हो। प्रहरीले उनीविरुद्ध अनुसन्धान गर्न जिल्ला अदालत, काठमाडौंबाट गत ९ भदौमा पक्राउ अनुमति लिएको थियो । नेता महरलाई बुधबार काठमाडौंबाट पक्राउ गरिएको हो। 

महरविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार कारबाही गर्नुपर्ने जाहेरी भन्दै प्रहरीमा जाहेरी परेको जनाइएको छ। 

सामाजिक सञ्जालमा लाइभ बसेर चरित्र हत्या गरेको आरोप पीडित भनिएकी युवतीले महरमाथि लगाएको प्रहरीले जनाएको छ। महर नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्ष हुँदै केन्द्रीय सदस्य बनेका थिए। 

प्रकाशित मिति: १९:२० बजे, बुधबार, भदौ ११, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्