Kathmandu Press

एमाले केन्द्रीय सदस्य महर पक्राउ

प्रहरीले उनीविरुद्ध अनुसन्धान गर्न जिल्ला अदालत, काठमाडौंबाट गत ९ भदौमा पक्राउ अनुमति लिएको थियो।
एमाले केन्द्रीय सदस्य महर पक्राउ

काठमाडौं, भदौ ११ : नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर पक्राउ परेका छन्। 

एक युवतीको चरित्र हत्या गरेको आरोपमा प्रहरीको साइबर ब्यूरोमा परेको उजुरीका आधारमा महर पक्राउ परेका हुन्। नेता महरलाई बुधबार काठमाडौंबाट पक्राउ गरिएको हो। 

प्रहरीले उनीविरुद्ध अनुसन्धान गर्न जिल्ला अदालत, काठमाडौंबाट गत ९ भदौमा पक्राउ अनुमति लिएको थियो।

महरविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार कारबाही गर्नुपर्ने जाहेरी भन्दै प्रहरीमा जाहेरी परेको जनाइएको छ। 

सामाजिक सञ्जालमा लाइभ बसेर चरित्र हत्या गरेको आरोप पीडित भनिएकी युवतीले महरमाथि लगाएको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: १७:४० बजे, बुधबार, भदौ ११, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्