Kathmandu Press

राज्य व्यवस्था समिति सभापति न्यौपानेले गरिन् पदभार ग्रहण

उनले मुख्य रुपमा विधेयक र ऐन कानून बनाउनुपर्ने समिति भएको हुनाले अलि गम्भिर भएर आएको भन्दै समितिमा रहेका विधेयकहरु समन्वय गरेर सकेसम्म छिटो पारित गर्ने प्रयास गर्ने बताइन्।  
राज्य व्यवस्था समिति सभापति न्यौपानेले गरिन् पदभार ग्रहण

काठमाडौं, भदौ ११ : प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिकी नवनिर्वाचित सभापति ईश्वरीदेवी न्यौपानेले पदभार ग्रहण गरेकी छन्। 

बुधबार सभामुख देवराज घिमिरेद्वारा पद तथा गोपनीयताको शपथ लिए लगत्तै उनले पदभार पनि ग्रहण गरेकी हुन्। 

Hardik ivf

सोही क्रममा उनले मुख्य रुपमा विधेयक र ऐन कानून बनाउनुपर्ने समिति भएको हुनाले अलि गम्भिर भएर आएको भन्दै समितिमा रहेका विधेयकहरु समन्वय गरेर सकेसम्म छिटो पारित गर्ने प्रयास गर्ने बताइन्।  

‘यो समितिमा मुख्य रुपमा विधेयक र ऐन कानून नै बनाउनुपर्ने समिति हो । त्यसकारण पनि अलि गम्भिर नै भएर आएको छु। यो समितिमा म सदस्यको हैसियतले पनि काम गरिरहेको हुनाले यो समितिमा रहेका विधेयकहरु समन्वय गरेर सकेसम्म छिटो पारित गर्ने प्रयास गर्ने छु,’ उनले भनिन्।

सिंहदरबारस्थित कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभा हलमा भएको शपथ ग्रहण कार्यक्रममा गृहमन्त्री, कानून न्याय तथा संसदीय मामिला मन्त्री, युवा तथा खेलकुद मन्त्री, रक्षा मन्त्री, विपक्षि दलका नेता, संसदीय दलका नेता, मुख्य सचेतक, समितिका सभापतिहरु लगायत सबैको उपस्थिती रहेको थियो।

समिति सभापतिका लागि अरू कसैको उम्मेदवारी नपरेका कारण नेपाली कांग्रेसकी सांसद न्यौपाने निर्विरोध निर्वाचित भएकी हुन्। 

प्रकाशित मिति: १७:३१ बजे, बुधबार, भदौ ११, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्