Kathmandu Press

नेपालको ऐन, कानून र नियमहरु परम्परावादी छन् : अध्यक्ष दाहाल

‘नेपालले किन विकास लिन सकेको छैन भन्दा नेपालको ऐन, कानून, नियमहरु अझै पनि परम्परावादी नै धेरै छन्। नयाँ संविधानको मर्म र भावना अनुसार ऐन, कानून अझै पनि बन्न सकेका छैनन्,’ उनले भने, ‘कयाैं आवश्यक कानूनहरु रोकिएका छन्। अर्को हाम्रो ब्यूरोक्रेसीको पुरै सोच परम्परावादी छ। यसलाई गति दिने खालको छैन।’
नेपालको ऐन, कानून र नियमहरु परम्परावादी छन् : अध्यक्ष दाहाल

काठमाडौं, भदौ ११ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपालको ऐन, कानून, नियमहरु परम्परावादी रहेको बताएका छन्। 

बुधबार काठमाडौंमा आयोजित पोष्टबहादुर बोगटी स्मृति राष्ट्रिय उर्जा संवाद २०८२ मा बोल्दै उनले नयाँ संविधानको मर्म र भावना अनुसार ऐन, कानून बन्न नसकेको भन्दै ऐन, कानून परम्परावादी रहेको बताएका हुन्। 

‘नेपालले किन विकास लिन सकेको छैन भन्दा नेपालको ऐन, कानून, नियमहरु अझै पनि परम्परावादी नै धेरै छन्। नयाँ संविधानको मर्म र भावना अनुसार ऐन, कानून अझै पनि बन्न सकेका छैनन्,’ उनले भने, ‘कयाैं आवश्यक कानूनहरु रोकिएका छन्। अर्को हाम्रो ब्यूरोक्रेसीको पुरै सोच परम्परावादी छ। यसलाई गति दिने खालको छैन।’

उनले आफू दोस्रो पटक प्रधानमन्त्री हुँदा ब्यूरोक्रेसीमा रहेको परम्परालाई तोड्ने प्रयास गरेको बताए। 

‘मैले दोस्रो पटक प्रधानमन्त्री हुँदा ब्यूरोक्रेसीमा पनि नयाँ सेट ल्याएकै हो। र सरकारको नेतृत्वमा पनि अलि उर्जावान, गतिशिल मन्त्री बताउन खोजेकै हो। त्यतिबेला जनार्दन शर्मालाई उर्जामन्त्री बनाउने कुरा र कुलमानलाई एम डि बनाउने कुरा उर्जा क्षेत्रमा परम्परागत तोड्ने कुरासँग सम्बन्धित थियो,’ उनले भने। 

सोही कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विभिन्न सरोकारवाला संस्थाहरुको पदाधिकारीहरु परिवर्तन भईरहँदा नीति बनाउन असज हुने बताए। 

प्रकाशित मिति: १७:२४ बजे, बुधबार, भदौ ११, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्