राज्य व्यवस्था समितिको सभापतिमा इश्वरी न्यौपाने सर्वसम्मत निर्वाचित
बैठकमा समिति सदस्य सर्वेन्द्र नाथ सुक्लाले प्रतिनिधिसभाको नियमावली २०७९ को, नियम १७६ को, नियम ४ बमोजिम सदस्य इश्वरी देवि न्यौपाने राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदमा निरविरोध निर्वाचित भएको घोषणा गरेका हुन्।-(16)-1756291484.jpg)
काठमाडौं, भदौ ११ : राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा समितिकी सदस्य इश्वरी देवि न्यौपाने सर्वसहमतीले निर्वाचित भएकी छन्।
बुधबार बसेको समितिको बैठकमा समिति सदस्य सर्वेन्द्र नाथ सुक्लाले प्रतिनिधिसभाको नियमावली २०७९ को, नियम १७६ को, नियम ४ बमोजिम सदस्य इश्वरी देवि न्यौपाने राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदमा निरविरोध निर्वाचित भएको घोषणा गरेका हुन्।
‘प्रतिनिधिसभाको नियमावली २०७९ को नियम १७६ को नियम ४ बमोजिम सदस्य इश्वरी देवि न्यौपाने राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदमा निरविरोध निर्वाचित हुनु भएको घोषणा गर्दछु,’ उनले भने।
समितिका निवर्तमान सभापति रामहरि खतिवडाले इश्वरीदेवी न्यौपानेलाई राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदमा निर्वाचित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए।
‘समितिका मान्य सदस्य इश्वरीदेवी न्यौपानेलाई राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदमा निर्वाचित गरियोस् भनि प्रस्ताव प्रस्तुत गर्दछु,’ खतिवडाले भने।
साथै, समिति सदस्य कृष्ण गोपाल श्रेष्ठले उक्त प्रस्तावको समर्थन गरेका छन्।
‘इश्वरी देवि न्यौपानेलाई राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदमा निर्वाचित गरियोस् भनि राख्नु भएको प्रस्तावको समर्थन गर्दछु,’ उनले भने।










