Kathmandu Press

सहसचिवमा खुला प्रतिस्पर्धाबाट १० प्रतिशत पदपूर्ति गर्ने सहमति

आज बसेको उक्त समितिको बैठकले १० प्रतिशत सहसचिव खुला प्रतिस्पर्धाबाट पदपूर्ति गरिने व्यवस्था गरेको हो।
सहसचिवमा खुला प्रतिस्पर्धाबाट १० प्रतिशत पदपूर्ति गर्ने सहमति

काठमाडौं, भदौ ११ : विधायन व्यवस्थापन समितिले सहसचिवमा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने सहमति जुटाएको छ।

आज बसेको उक्त समितिको बैठकले १० प्रतिशत सहसचिव खुला प्रतिस्पर्धाबाट पदपूर्ति गरिने व्यवस्था गरेको हो।

Hardik ivf

प्रतिनिधिसभाले निजामति विधेयकमा उपसचिवसम्म मात्र खुला प्रतिस्पर्धाको व्यवस्था गरेको थियो। तर, सङ्घीय निजामती सेवा विधेयक, २०८० माथि दफावार भएको छलफलमा सहसचिव खुला प्रतिस्पर्धाबाट १० प्रतिशत पदपूर्ति गर्ने सहमति जुटेको समितिकी सभापति तुलसाकुमारी दाहालले बताइन्।

‘सैद्धान्तिक छलफल भइसकेको छ। अब दफावार छलफल गरेर टुंग्याउँछौँ,’ उनले भनिन्।

यसैगरी सांसद झक्कुप्रसाद सुवेदीले नायब सुब्बा र सहसचिवमा पदपूर्ति खुला प्रतिस्पर्धाबाट पनि गर्नुपर्ने कानुनी प्रावधान राख्नुपर्ने बताए।

सांसद बेदुराम भुसालले सहसचिवमा खुलाबाट पदपूर्तिको प्रावधान राख्नुपर्ने बताए। थोरै प्रतिशतमा भएपनि खुला प्रतिस्पर्धाबाट पदपूर्ति हुनुपर्ने व्यवस्था राखेर जानुपर्ने उनको भनाइ थियो। 

 

प्रकाशित मिति: १६:२६ बजे, बुधबार, भदौ ११, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्