Kathmandu Press

प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी र भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्ने 

सम्मेलनको साइडलाइनमा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङ, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, अन्य देशका सरकार प्रमुखसँग द्विपक्षीय भेटवार्ता गर्ने भएका छन्। 
प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी र भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्ने 

काठमाडौं, भदौ ११ : प्रधानमन्त्री केपी शर्मा ओली भदौ १४ गते चीन भ्रमणमा जाने भएका छन्।

प्रधानमन्त्री ओली सांघाई सहयोग संगठन (एससीओ)को २५औं शिखर सम्मेलनमा सहभागी हुन चीन जान लागेका हुन्। शिखर सम्मेलन भदौ १५ देखि १६ सम्म चीनको तियानजिनमा हुँदैछ। 

Hardik ivf

उक्त संगठनमा नेपाल डायलग पार्टनरका रुपमा रहेको छ । एससीओको सम्मेलनमा सहभागी हुन भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पनि चीन जाने कार्यक्रम छ। 

सम्मेलनको साइडलाइनमा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङ, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, अन्य देशका सरकार प्रमुखसँग द्विपक्षीय भेटवार्ता गर्ने भएका छन्। 

प्रधानमन्त्री ओलीले यसअघि गत वर्ष मङ्सिर महिनामा पनि चीनको औपचारिक भ्रमण गरेका थिए । प्रधानमन्त्री ओली भदौ १९ गते स्वदेश फर्कने छन्। 

उक्त सम्मेलनमा संगठनका सदस्य राष्ट्रहरूका सरकार प्रमुखहरू सहभागी हुने छन्। भ्रमण तय भएसँगै तयारी समेत अन्तिम चरणमा पुगेको छ। 

प्रकाशित मिति: १६:०७ बजे, बुधबार, भदौ ११, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्