Kathmandu Press

संवैधानिक इजलासमा वरिष्ठ न्यायाधीश राख्ने अभ्यास भंग 

प्रधानन्यायाधीश राउतले संविधानले दिएको अधिकार प्रयोग गर्दै बुधबार विगतको अभ्यास भन्दा भन्दा फरक ढंगले संवैधानिक इजलास गठन गरेका हुन्। 
संवैधानिक इजलासमा वरिष्ठ न्यायाधीश राख्ने अभ्यास भंग 

काठमाडौं, भदौ ११ : प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले संवैधानिक इजलासमा वरिष्ठ न्यायाधीश राख्ने अभ्यास भंग गरेका छन्। 

प्रधानन्यायाधीश राउतले संविधानले दिएको अधिकार प्रयोग गर्दै बुधबार विगतको अभ्यास भन्दा भन्दा फरक ढंगले संवैधानिक इजलास गठन गरेका हुन्। 

Hardik ivf

आज गठन भएको संवैधानिक इजलासमा प्रधानन्यायाधीश राउतसहित सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरु डा. नहकुल सुवेदी, तिलप्रसाद श्रेष्ठ र विनोद शर्मा छन्। 

वरिष्ठताक्रममा संवैधानिक इजलास तोक्दा प्रधानन्यायाधीश राउतका अतिरिक्त क्रमशः न्यायाधीश मल्ल, कुमार रेग्मी, हरि फुयाल र डा.मनोजकुमार शर्मा संवैधानिक इजलासमा रहने अवस्था हुन्थ्यो। 

बुधबार गठन भएको इजलासमा छैठौं नम्बर बरियताका न्यायाधीश डा.नहकुल सुवेदी, सातौं नम्बरका तिलप्रसाद श्रेष्ठ र आठौं नम्बरका विनोद शर्मा संवैधानिक इजलासमा रहेका छन्।
 
प्रधानन्यायाधीश राउतले संचारकर्मीसँगको कुराकानीमा संविधानको धारा १३७ (१)ले आफूलाई दिएको अधिकार अन्तर्गत यस्तो इजलास गठन गरेको बताए । संविधानको उक्त धारामा संवैधानिक इजलास मा प्रधानन्यायाधीश र न्याय परिषद्को सिफारिसमा प्रधानन्यायाधीशले तोकेका अन्य चार जना न्यायाधीश रहने प्रावधा छ। 

प्रधानन्यायाधीश राउतले संचारकर्मीसँग संवैधानिक इजलास गठनमा सर्वोच्च अदालतभित्र र फूलकोर्टमा कुनै विवाद नभएको बताउँदै न्यायाधीश नियुक्ति, सरुवालगायत न्याय परिषदको काममा समय दिनुपरेका कारण संवैधानिक इजलास बस्न नसकेको बताए। 

प्रधानन्यायाधीश राउतले आफूले संवैधानिक अधिकार प्रयोग गरेर रोष्टरमा राखिएका न्यायाधीश छानेर इजलास गठन गरेको बताउँदै कुनै प्रश्न नरहेको बताए। 
 

प्रकाशित मिति: १५:१० बजे, बुधबार, भदौ ११, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्