Kathmandu Press

पोर्चुगलमा स्याङ्जा समाजको तीज 

पोर्चुगलकै चर्चित सेफ हरि चापागाईंको ओभेन रेस्टुरेन्टको सहयोगमा आयोजित कार्यक्रममा पोर्चुगलमा रहेका स्याङ्जालीहरुको बृहत सहभागिता रहेको थियो। 
पोर्चुगलमा स्याङ्जा समाजको तीज 

लिस्बन, भदौ ११ : स्याङ्जा सहयोग समाज पोर्चुगलले बिभिन्न कार्यक्रम गरी महिलाहरुको महान पर्व तीज मनाएको छ।

समाजले स्याङ्जाली चेलीहरुलाई आमन्त्रण गरी दर खुवाएको छ भने सो अबसरमा नाचगान सहित सम्पन्न गरियो।

पोर्चुगलकै चर्चित सेफ हरि चापागाईंको ओभेन रेस्टुरेन्टको सहयोगमा आयोजित कार्यक्रममा पोर्चुगलमा रहेका स्याङ्जालीहरुको बृहत सहभागिता रहेको थियो। 

सोही अबसरमा स्याङ्जा जिल्लामा जन्मभै नेपाली राजदुतावास पोर्चुगलमा कार्यरत प्रथम सचिव रामवावु नेपाललाई संस्थाको तर्फवाट स्वागत गरिएको थियो।

विपिन अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कलाकार कला पंगेनी एनआरएनमा प्रतिनिधि गर्ने रेखा रेग्मी, राजु डुम्रे आकाश किरण श्रेष्ठ लगायतको सहभागिता थियो  
 

प्रकाशित मिति: १४:५९ बजे, बुधबार, भदौ ११, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्