Kathmandu Press

कांग्रेस कार्यालयमा शिक्षक महासंघको धर्ना

शिक्षा विधेयकको विरोधमा घोषणा गरिएको आन्दोनलका कार्यक्रमको पहिलो चरण अन्तर्गत महासंघले आज सानेपास्थित कांग्रेस कार्यालयमा धर्ना दिएको हो। 
कांग्रेस कार्यालयमा शिक्षक महासंघको धर्ना

काठमाडौं, भदौ ११ : सत्तारुढ दल नेपाली कांग्रेसको पार्टी कार्यालयमा नेपाल शिक्षक महासंघले धर्ना दिएको छ।

शिक्षा विधेयकको विरोधमा घोषणा गरिएको आन्दोनलका कार्यक्रमको पहिलो चरण अन्तर्गत महासंघले आज सानेपास्थित कांग्रेस कार्यालयमा धर्ना दिएको हो। 

प्रतिनिधिसभा र राष्ट्रियसभाबाट विगतमा भएको सहमति अनुसार विधेयक सच्याउन माग गर्दै महासंघले पुनः आन्दोलन थालेको हो। 

पार्टी कार्यलयमा ध्यानाकर्षण पत्र पनि बुझाएपछि उनीहरु धर्नामा बसेका हुन्। धर्ना २ बजेसम्म जारी रहने बताइएको छ। 

यस्तै, बिहीबार एमाले केन्द्रीय कार्यालय च्यासल र शुक्रबार माओवादी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा धर्ना दिने कार्यक्रम छ। 

प्रकाशित मिति: १३:१० बजे, बुधबार, भदौ ११, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्