Kathmandu Press

सुनको मूल्य हालसम्मकै उच्च, २ लाख नजिक पुग्यो

मंगलबार प्रतितोला १ लाख ९८ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ९९ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
सुनको मूल्य हालसम्मकै उच्च, २ लाख नजिक पुग्यो

काठमाडौं, भदौ ११ : नेपाली बजारमा आज सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेर उच्च रेकर्ड कायम गरेको हो। 

मंगलबार प्रतितोला १ लाख ९८ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ९९ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ। मंगलबार २३ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी  आज प्रतितोला १५ रुपैयाँ घटेर २३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ।
 
प्रकाशित मिति: १२:०२ बजे, बुधबार, भदौ ११, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्