Kathmandu Press

रुबी साह हत्या प्रकरण : भिडियो मार्फत् हत्या स्वीकारे, अनि डिजेल खन्याएर आफैंलाई आगो सल्काए

‘रुवीलाई मारेदेखि मेरो हात काँपिरहेको छ । मेरो जान मरिसकेकी छन् । म बाँचेर के गर्नु । पक्राउ परे जेल जानुपर्छ । १०–१५ वर्ष सजाय भोग्नुपर्छ,’ उनले भनेका छन्।
रुबी साह हत्या प्रकरण : भिडियो मार्फत् हत्या स्वीकारे, अनि डिजेल खन्याएर आफैंलाई आगो सल्काए

रौतहट, भदौ ११ : रौतहटमा सुटकेसभित्र मृत अवस्थामा भेटिएकी रुबी साहका हत्या आफूले गरेको लक्ष्मण पासवानले स्वीकार गरेका छन्। 

सामाजिक सञ्जालमा भिडियो बनाएर पोस्ट गर्दै उनले रुवीको हत्या आफूले नै गरेको स्वीकार गरेका हुन्। 

भिडियो पोस्ट गरेलगत्तै लक्ष्मणले आफैंले डिजेल खन्याएर शरीरमा आगो लगाएका छन्। उनलाई प्रहरीले जलिरेको अवस्थाबाट उद्धार गरेको छ। 

Hardik ivf

उनलाई माधवनारायण नगरपालिका–६, माधोपुर पछाडिको आँपको बगैंचा–बिसुनपुरवा मानपुर जाने बाटोमा आगो लगाएको अवस्थामा उद्धार गरिएको हो। उनलाई प्रादेशिक अस्पताल गौर लगिएको छ। 

भिडियोमा उनले रुवीलाई हत्या गरेदेखि आफ्नो हात काँपिरहेको बताएका छन्। उनले रुवी मरिसकेपछि आफू बाँचेर के गर्नु भन्ने लागेको भिडियोमा भनेका छन्। 

‘रुवीलाई मारेदेखि मेरो हात काँपिरहेको छ । मेरो जान मरिसकेकी छन् । म बाँचेर के गर्नु । पक्राउ परे जेल जानुपर्छ । १०–१५ वर्ष सजाय भोग्नुपर्छ,’ उनले भिडियोमा भनेका छन्।

लक्ष्मणले रुवीसँगको प्रेमसम्बन्धबारे पनि धेरै कुराहरु खुलाएका छन् । उनले हत्या अघि रुवी व्युटी पार्लरबाट आफ्नो कोठामा आएको र एकअर्का बिना बाँच्न नसक्ने सम्वाद भएको पनि खुलाएका छन् ।

लक्ष्मणले आफूहरु स्कुलको बेलादेखि आफूहरुबीच सम्बन्ध रहेको र अदालतमा गएर बिहे गरेको उनले बताएका छन्। तर आफू गरिब भएकाले पारिवारिक तनावमा परेकाले रुवीको हत्या गरेको बताएका छन्।

प्रहरीका अनुसार लक्ष्मणको टाउकोसहित शरीरको अधिकांश भाग जलेको र उनी बोल्न नसक्ने अवस्थामा छन्। उनको अवस्था गम्भीर भए पनि प्रहरीले घटनाको अनुसन्धान अघि बढाइरहेको छ।

प्रकाशित मिति: ११:३३ बजे, बुधबार, भदौ ११, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्