Kathmandu Press

दुर्घटनामा गौरीशंकर बहुमुखी क्याम्पस, चरिकोटका स्ववियु सभापतिसहित दुई जनाको मृत्यु

मृत्यु हुनेमा भीमेश्वर नगरपालिका–५ माटीका २४ वर्षीय शिरिष बस्नेत र बैतेश्वर गाउँपालिका–३ चिलाउनेखर्कका २५ वर्षीय सुजन दाहाल रहेका छन्। 
दुर्घटनामा गौरीशंकर बहुमुखी क्याम्पस, चरिकोटका स्ववियु सभापतिसहित दुई जनाको मृत्यु

दोलखा, भदौ ११ : दोलखाको भीमेश्वर नगरपालिकामा मंगलबार राति भएको मोटरसाइकल दुर्घटनामा दुई युवकको ज्यान गएको छ।

भीमेश्वर नगरपालिका–६ रमिते डाँडास्थित सडकमा दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा ती युवकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।

Hardik ivf

मृत्यु हुनेमा भीमेश्वर नगरपालिका–५ माटीका २४ वर्षीय शिरिष बस्नेत र बैतेश्वर गाउँपालिका–३ चिलाउनेखर्कका २५ वर्षीय सुजन दाहाल रहेका छन्। 

प्रहरीका अनुसार राति ९ बजे तिर भएको दुघटनामा गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि च्छोरोल्पा अस्पताल चरिकोट लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए। उनीहरूको शव पोष्टमार्टमका लागि पशुपति चौलागाई स्मृति अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

काठमाडौंबाट चरिकोटतर्फ आउँदै गरेका बस्नेतले चलाएको बा ५३ प ८८९९ नम्बरको मोटरसाइकल लामोसाँघु–जिरी सडक खण्डमा बा.प्र.०२–०३४ प ३२४२ नम्बरको मोटरसाइकलसँग ठोक्किएको हो। मोटरसाइकल चालक बैतेश्वर गाउँपालिका–५ का २५ वर्षीय निर्मल खड्का सामान्य घाइते भएका छन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

शिरिष बस्नेत गौरीशंकर बहुमुखी क्याम्पस, चरिकोटका स्ववियु सभापति हुन् भने सुजन दाहाल चरिकोटस्थित एक होटलमा सवारी चालकका रूपमा कार्यरत थिए।
 

प्रकाशित मिति: ११:०२ बजे, बुधबार, भदौ ११, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्