Kathmandu Press

एमालेको केन्द्रीय कमिटी बैठक स्थगित

एमाले केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार भदौ १३ गते दोस्रो विधान महाधिवेशन तयारीका लागि बोलाइएको बैठक स्थगित भएको हो।
एमालेको केन्द्रीय कमिटी बैठक स्थगित

काठमाडौं, भदौ ११ : नेकपा एमालेको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ।

एमाले केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार भदौ १३ गते दोस्रो विधान महाधिवेशन तयारीका लागि बोलाइएको बैठक स्थगित भएको हो।

प्रधानमन्त्री ओली भदौ १८ गते स्वदेश फर्किने तालिका रहेको र एमालेको दोस्रो विधान महाधिवशेन ललितपुरको गोदावरीस्थित सनराइज हलमा यही भदौ २० देखि २२ गतेसम्म हुने तालिका रहेको छ।

पार्टीको महाधिवेशनमा २ हजार १२८ जना प्रतिनिधि र थप २६४ जना आयोजक गरी २ हजार ३९२ जनाको सहभागिता हुने एमालेले जानकारी दिएको छ।

प्रकाशित मिति: १०:५६ बजे, बुधबार, भदौ ११, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्