Kathmandu Press

साफ यू–१७ महिला च्याम्पियनसिपः नेपालले आज चौथो खेल भुटानसँगै खेल्दै

नेपालले आइतबार तेस्रो खेल पनि बंगलादेशसँगै खेलेको थियो। खेलमा नेपाल ३–० गोलले पराजित भएको थियो। त्यसअघि नेपालले पहिलो खेलमा भारतसँग ७–० गोलले पराजित भएको थियो भने दोस्रो खेलमा आयोजक भुटानलाई २–१ गोलले पराजित गरेको थियो।
साफ यू–१७ महिला च्याम्पियनसिपः नेपालले आज चौथो खेल भुटानसँगै खेल्दै

काठमाडौं, भदौ ११ : साफ यू–१७ महिला च्याम्पियनसिप नेपालले आज पनि बंगलादेशसँग खेल्दै छ। बुधबार भुटानको चाङ्लिमिथाङ रंगशालामा नेपालले आफ्नो चौथो खेल खेल्दैछ। खेल नेपाली समयअनुसार दिउँसो पौने ३ बजे सुरू हुनेछ।

नेपालले आइतबार तेस्रो खेल पनि बंगलादेशसँगै खेलेको थियो। खेलमा नेपाल ३–० गोलले पराजित भएको थियो। त्यसअघि नेपालले पहिलो खेलमा भारतसँग ७–० गोलले पराजित भएको थियो भने दोस्रो खेलमा आयोजक भुटानलाई २–१ गोलले पराजित गरेको थियो।

आजको खेलमा पराजित भए नेपाल दुई खेल बाँकी छँदै उपाधिबाट बाहिरिनेछ। प्रतियोगितामा आयोजक भुटान, नेपाल, भारत र बंगलादेश गरी चार टोलीले भाग लिएका छन्। 

प्रकाशित मिति: ०८:२५ बजे, बुधबार, भदौ ११, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्