Kathmandu Press

तीन संसदीय समितिको बैठक बस्दै

राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको निर्वाचनको प्रक्रिया अगाडि बढाउने कार्यक्रम छ । यद्यपी, सो समितिको सभापतिमा सांसद ईश्वरी न्यौपाने निर्विरोध निर्वाचित भईसकेकी छिन् । 
तीन संसदीय समितिको बैठक बस्दै
Hardik ivf

काठमाडौँ, भदौं ११ : आज सङ्घीय संसद्का तीन वटा समितिको बैठक बस्दैछन् । राज्य व्यवस्था सुशासन समिति,  विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्योजित विधायन समितिको बैठक बस्न लागेको हो । 

राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको निर्वाचनको प्रक्रिया अगाडि बढाउने कार्यक्रम छ । यद्यपी, सो समितिको सभापतिमा सांसद ईश्वरी न्यौपाने निर्विरोध निर्वाचित भईसकेकी छिन् । 

यस्तै, विधायन व्यवस्थापन समितिको बैठकमा ‘सङ्घीय निजामति सेवा विधेयक, २०८०’ माथि दफावार छलफल हुने कार्यक्रम छ । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा ‘समितिको छैटौं वार्षिक प्रतिवेदन २०८१÷८२ का सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।

प्रकाशित मिति: ०८:१५ बजे, बुधबार, भदौ ११, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्