Kathmandu Press

न्याय सेवाका सहसचिवको काज सरुवा 

उच्च अदालत पाटनका रजिष्ट्रार श्रीलाल पौडेललाई सर्वोच्च अदालतको सह रजिष्ट्रार र सर्वोच्चका सह रजिस्ट्रार वेदप्रसाद उप्रेतीलाई विशेष अदालतको रजिष्ट्रार बनाइएको छ। 
न्याय सेवाका सहसचिवको काज सरुवा 

काठमाडौँ, भदौ १० : न्याय परिषद, उच्च अदालत र विशेष अदालतका ८ सहसचिवको काज सरुवा भएको छ। 

प्रधानन्यायाधीश प्रकासमानसिंह श्रेष्ठको अध्यक्षता रहने न्याय सेवा आयोगको निर्णय अनुसार मंगलबार उनीहरूको सरुवा गरिएको हो। जस अनुसार विशेष अदालतका रजिस्ट्रार जितेन्द्रबाबु थपलियालाई न्याय परिषद्को सह सचिवमा काम गर्ने गरी लगिएको छ। 

उच्च अदालत पाटनका रजिष्ट्रार श्रीलाल पौडेललाई सर्वोच्च अदालतको सह रजिष्ट्रार र सर्वोच्चका सह रजिस्ट्रार वेदप्रसाद उप्रेतीलाई विशेष अदालतको रजिष्ट्रार बनाइएको छ। 

यता, न्याय परिषद् सचिवालयका सहसचिव अशोककुमार क्षेत्रीलाई उच्च अदालत पाटनको रजिष्ट्रारमा र उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जका रजिस्ट्रार दीपक भण्डारीलाई सर्वोच्च अदालतको सह रजिष्ट्रार बनाइएको छ। 

उच्च अदालत दिपायलका रजिस्ट्रार तारादत्त बडूलाई जनकपुर अस्थायी इजलास वीरगन्ज, उच्च अदालत पाटन हेटौँडा इजलासका रजिस्ट्रार रामु शर्मालाई उच्च अदालत पोखरामा र उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासका रजिस्ट्रार सपना अधिकारीलाई उच्च अदालत पाटन हेटौँडा इजलासमा सरुवा निर्णय गरिएको छ। 

प्रकाशित मिति: २१:०४ बजे, मंगलबार, भदौ १०, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्