Kathmandu Press

बोलेरो दुर्घटना, दुई जना बेपत्ता

उनका अनुसार सर्लाही बरहथवा नगरपालिका–२ का २३ वर्षीय चालक राजेशकुमार कुसहवाले चलाएको बोलेरोमा रौतहट बौधिमाई नगरपालिका–१ का २५ वर्षीय राम प्रवेश महतो सहचालकका रूपमा सवार थिए। 
बोलेरो दुर्घटना, दुई जना बेपत्ता

सिन्धुपाल्चोक, भदौ १० : भोटेकोशी गाउँपालिका–४ हिन्दीमा आज बोलेरो दुर्घटना हुँदा दुई जना बेपत्ता भएका छन्।

अरनिको राजमार्गअन्तर्गत हिन्दीमा दिउँसो करिब साढे ३ बजे तातोपानीबाट बाह्रबिसेतर्फ आउँदै गरेको बा२१च ७५४४ नम्बरको बोलेरो सडकबाट करिब २० मिटर तल भोटेकोशी नदीमा खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक माधवराज खरेलले जानकारी दिए ।

उनका अनुसार सर्लाही बरहथवा नगरपालिका–२ का २३ वर्षीय चालक राजेशकुमार कुसहवाले चलाएको बोलेरोमा रौतहट बौधिमाई नगरपालिका–१ का २५ वर्षीय राम प्रवेश महतो सहचालकका रूपमा सवार थिए। 

दुर्घटनापछि उद्धारका क्रममा नदीले एक पुरुषको शव बगाएको र हाल चालक तथा सहचालक दुवै जनाको खोजतलास जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

घटनास्थलमा प्रहरी टोलीले खोजीकार्य अगाडि बढाइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।

प्रकाशित मिति: २०:१८ बजे, मंगलबार, भदौ १०, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्