Kathmandu Press

तीन तहको सरकारको समन्वयबाट समृद्धि : स्वास्थ्यमन्त्री पौडेल

मुलुकको समृद्धिका लागि सहमति र सहकार्य आवश्यक रहेको बताउँदै मन्त्री पौडेलले स्थानीय तह नजिकको सरकार भएकाले जनताले सहज र सरल तरिकाबाट सेवा प्राप्ति गर्नुपर्ने बताए।
तीन तहको सरकारको समन्वयबाट समृद्धि : स्वास्थ्यमन्त्री पौडेल

तनहुँ, भदौ १० : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले तीन तहको सरकारको समन्वयबाट समृद्धि सम्भव रहेको बताएका छन्। 

तनहुँको भिमाद नगरपालिकामा आयोजित स्वागत एवं भेटघाट कार्यक्रममा उनले संघीय, प्रदेश र स्थानीय तहबाट समन्वय र सहकार्य आवश्यक रहेकामा जोड दिए। 

Hardik ivf

मुलुकको समृद्धिका लागि सहमति र सहकार्य आवश्यक रहेको बताउँदै मन्त्री पौडेलले स्थानीय तह नजिकको सरकार भएकाले जनताले सहज र सरल तरिकाबाट सेवा प्राप्ति गर्नुपर्ने बताए। 

स्थानीय तहलाई बलियो बनाउँदै संघीयता सुदृढ गर्नु अहिलेको प्रमुख जिम्मेवारी रहेको मन्त्री पौडेलको भनाइ थियो। 

मन्त्री पौडेलले आजै शुक्लागण्डकी नगरपालिका–८ ले आयोजना गरेको तीज गीत प्रतियोगिताको उद्घाटन गरेका थिए। 

प्रकाशित मिति: १९:५२ बजे, मंगलबार, भदौ १०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्