Kathmandu Press

कवाड व्यवसायीले गरे बालेनकाविरुद्ध प्रदर्शन [तस्बिहरू]

कवाड व्यवसायीले गरे बालेनकाविरुद्ध प्रदर्शन [तस्बिहरू]

काठमाडौं, भदौ १० : कवाड व्यवसायी संघर्ष समितिले बालेनका विरुद्ध प्रदर्शन गरेका छन्। 

मंगलबार काठमाडौंका नगर प्रमुख बालेनले कवाड व्यवसायी माथि गुण्डा गर्दी गरेको भन्दै उनीहरुले विरोध प्रदर्शन गरेका हुन्। 

कवाड व्यवसायी संघर्ष समितिमा संयोजक राम केवल गुप्ताका अनुसार २ वर्षदेखि नगर प्रमुखले कवाडी व्यवसायीका घर र व्यवसायमा डोजर लगाउने काम गरेको छ र आज त्यसको विरुद्धमा व्यवसायीहरुले प्रदर्शन गरेको हो।  

Hardik ivf

Photo-(14)-(7)-1756211714.jpg

‘महानगरले के भन्छ भने यो कवाडी रहदैन, हामी निजी जग्गामा, व्यक्तिसँग जग्गा लिएर व्यवसाय गरिरहेका छौ । हामीले सरकारसँग व्यवसाय गर्ने अनुमति लिएर व्यवसाय गरेका छौ भने मेयरले त्यसो भन्ने अधिकार छैन नि,’ उनले भने।

उनले समस्या भए वार्ता मार्फत मिलाउन मिल्ने भन्दै महानगरले एक अरब रुपैयाँको लागि आफूहरुलाई हटाउन खाजेको पनि बताए। 

‘गरिवको घरमा डोजर लगाइदिने? सबै भत्काएर भगाइदिने ? काठमाडौंबाट कवाडलाई हटाएर एक अरव रुपैयाँ महानगरलाई आउने भएको हुनाले हामीलाई हटाउन खोजिएको हो,’ उनले भने।

Photo-(11)-(15)-1756211713.jpg

Photo-(35)-(2)-1756211726.jpg

Photo-(22)-(6)-1756211724.jpg

Photo-(18)-(5)-1756211716.jpg

Photo-(25)-(1)-1756211725.jpg

Photo-(23)-(4)-1756211725.jpg

Photo-(19)-(5)-1756211716.jpg

Photo-(15)-(4)-1756211715.jpg

Photo-(17)-(10)-1756211715.jpg

Photo-(12)-(9)-1756211714.jpg

Photo-(20)-(4)-1756211724.jpg

 

Photo-(9)-(12)-1756211713.jpg

 


 

प्रकाशित मिति: १८:३० बजे, मंगलबार, भदौ १०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्