विपिनको रिहाइका लागि राष्ट्रपति पौडेलले लेखे जोर्डनका राजालाई पत्र
राष्ट्रपतिको सचिवालयका अनुसार जोशीको अवस्था पहिचान, सुरक्षित रिहाइ तथा स्वदेश फिर्तीको लागि यथासक्य पहल गरिदिन पत्रमा आग्रह गरिएको छ।
काठमाडौँ, भदौ १० : राष्ट्रपति रामचन्द्र पौडेलले हमासले बन्धक बनाएका विपिन जोशीको रिहाइका लागि आवश्यक पहल गरिदिन जोर्डनका राजा अब्दुल्ला द्वितीयलाई आग्रह गरेका छन्।
राष्ट्रपति पौडेलले जोर्डनका राजा अब्दुल्ला द्वितीयलाई मङ्गलबार एक पत्र पठाउँदै उक्त पहल गरेका हुन्।
राष्ट्रपतिको सचिवालयका अनुसार जोशीको अवस्था पहिचान, सुरक्षित रिहाइ तथा स्वदेश फिर्तीको लागि यथासक्य पहल गरिदिन पत्रमा आग्रह गरिएको छ।
पत्रमा यस प्रयोजनका लागि जोर्डनी समकक्षीले चाल्ने सबै मानवीय तथा कूटनीतिक कदमको नेपाल र नेपाली जनताले उच्च प्रशंसा र स्वागत गर्ने उल्लेख छ।
राष्ट्रपति पौडेललाई जोशीका आमा र बहिनीले राष्ट्रपति भवन शीतल निवासमा आइतबार भेटेर रिहाइको लागि पहल गरिदिन आग्रह गरेका थिए। राष्ट्रपति पौडेलले जोशीको रिहाइका लागि आफूले थप प्रयास गर्ने आश्वास दिएका थिए।
प्रकाशित मिति: १७:४२ बजे, मंगलबार, भदौ १०, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार










