Kathmandu Press

तिजको अवसरमा प्रथम महिला सबिता पौडेलद्वारा पशुपतिमा पूजा

प्रथम महिला पौडेलले मङ्गलबार पशुपतिनाथको मन्दिरमा विधिपूर्वक पूजा गरेर मन्दिरका पूजारीबाट टीका ग्रहण गरेकी हुन्।
तिजको अवसरमा प्रथम महिला सबिता पौडेलद्वारा पशुपतिमा पूजा

काठमाडौं, भदौ १० : प्रथम महिला सबिता पौडेलले हरितालिका तिजको अवसरमा पशुपतिनाथको दर्शन एवम् पूजा अर्चना गरेकी छन्। 

प्रथम महिला पौडेलले मङ्गलबार पशुपतिनाथको मन्दिरमा विधिपूर्वक पूजा गरेर मन्दिरका पूजारीबाट टीका ग्रहण गरेकी हुन्। 

नेपाली महिलाहरुको महान चाड तीजका अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा बिहानैदेखि वर्तालु महिला भक्तजनहरुको भीड लागेको छ।

प्रकाशित मिति: १७:३९ बजे, मंगलबार, भदौ १०, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्