Kathmandu Press

बुद्ध एयरले एटिआर ७२–५०० जहाज ल्याउँदै

काठमाडौं, फागुन २३ : बुद्ध एयरले नयाँ ब्रान्डका दुइटा एटिआर ७२ जहाज ल्याउन लागेकाे छ । याे जहाजबाट काठमाडौं–कोलकत्ता उडान भर्ने जनाएकाे छ ।

....
बुद्ध एयरले एटिआर ७२–५०० जहाज ल्याउँदै

काठमाडौं, फागुन २३ : बुद्ध एयरले नयाँ ब्रान्डका दुइटा एटिआर ७२ जहाज ल्याउन लागेकाे छ । याे जहाजबाट काठमाडौं–कोलकत्ता उडान भर्ने जनाएकाे छ ।

मार्च तेस्रो साता पहिलो जहाज काठमाडौं ल्याइने भएको छ । बुद्ध एयरले नयाँ वर्ष २०७६ को आगमनसँगै बैसाख २ बाट कोलकत्ता उडान गर्ने घोषणा गरेको थियो ।

बुद्धले ल्याउन लागेको ९ एएमवाई कलसाइनको जहाज एटिआर ७२–५०० सिरिजको जहाज हो । यो दुई अर्ब रुपैयाँभन्दा बढी मूल्यको छ । काठमाडौं–कोलकत्ता दोहोरो भाडा २४ हजार रुपैयाँ तोकिएको जनाएको छ ।

हप्ताको तीन दिन सोमबार, बुधवार र शुक्रबार उडान हुने छ । काठमाडौंबाट बिहान ८ बजे र कोलकाताबाट स्थानीय समय १०ः३० बजे उडान हुनेछ ।

व्यापार, कामकाज वा पारिवारिक भ्रमण जेसुकै भएपनि कोलकत्ता उडानमार्फत् भारतको पर्यटन बजारलाई नेपाल भित्र्याउने लक्ष्य बुद्ध एयरले लिएको छ । उडान तथा होलिडे प्याकेजमार्फत् यसले नेपालको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने जनाएको छ ।

बुद्ध एयरले देशका विभिन्न भागमा दिनहुँ चार दर्जनभन्दा बढी उडान भरिरहेको छ । अन्तर्राष्ट्रियतर्फ भारतको वाराणसीमा साताको सोमबार र शुक्रवार गरि दुई उडान भरिरहेको छ ।

 

प्रकाशित मिति: २१:०१ बजे, बिहीबार, फागुन २३, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्