Kathmandu Press

राज्य व्यवस्था समितिको सभापतिमा न्यौपाने सर्वसम्मत

दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ताका लागि तोकिएको समयभित्र न्यौपानेको मात्र एकल उम्मेदवारी परेको थियो। न्यौपाने सभापतिमा सवर्मसम्मत भएको घोषणा हुन भने बाँकी छ। 
राज्य व्यवस्था समितिको सभापतिमा न्यौपाने सर्वसम्मत

काठमाडौं, भदौ १० : राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा ईश्वरीदेवी न्यौपाने सर्वसम्मत भएकी छन्। 

समिति सभापतिको घोषणा हुन बाँकी रहे पनि एकल उम्मेदवारी परेका कारण उनी सर्वसम्मत भएकी हुन्।

कर्मचारीको कुलिङ पिरियड विवादमा तत्कालीन सभाति रामहरि खतिवडाले समितिबाट राजीनामा दिएपछि रिक्त पदमा मंगलबार उम्मेदवारी दर्ताको कार्यतालिका थियो। 

दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ताका लागि तोकिएको समयभित्र न्यौपानेको मात्र एकल उम्मेदवारी परेको थियो। न्यौपाने सभापतिमा सवर्मसम्मत भएको घोषणा हुन भने बाँकी छ। 

न्यौपाने यसअघि संसदीय सुनुवाई समितिको सभापति थिइन्। 

कांग्रेसले न्यौपानेलाई राज्य व्यवस्था समितिको सभापति बनाउने निर्णय गरेको थियो। त्यसपछि उनले सभामुख देवराज घिमिरे समक्ष सुनुवाई समितिको सभापतिबाट राजीनामा दिएकी थिइन्। 
 
प्रकाशित मिति: १७:१२ बजे, मंगलबार, भदौ १०, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्