Kathmandu Press

न्यायाधीशका फैसला अध्ययन गर्न न्यौपानेको नेतृत्वमा बारले बनायो समिति 

फैसला अध्ययन समितिको सदस्यमा वरिष्ठ अधिवक्ता डा.सुष्मा बास्कोटा बराल, माधवकुमार बस्नेत, श्रीकान्त बराल र सानुभाइ शाक्य छन्। 
न्यायाधीशका फैसला अध्ययन गर्न न्यौपानेको नेतृत्वमा बारले बनायो समिति 

काठमाडौं, भदौ १० : नेपाल बार एसोसिएसनले न्यायाधीशबाट भएका विवादित र असंगतिपूर्ण फैसला अध्ययन गर्ने भएको छ। 

वरिष्ठ अधिवक्ता उपेन्द्र केशरी न्यौपानेको नेतृत्वमा फैसला अध्ययन समिति गठन गरेको हो। बार केन्द्रीय कार्यसमितिको बैठकको निर्णय अनुसार न्यौपानेको नेतृत्वमा फैसला अध्ययन समिति गठन गरिएको छ । न्यौपाने न्याय परिषद्का पूर्वसदस्य समेत हुन्।

Hardik ivf

फैसला अध्ययन समितिको सदस्यमा वरिष्ठ अधिवक्ता डा.सुष्मा बास्कोटा बराल, माधवकुमार बस्नेत, श्रीकान्त बराल र सानुभाइ शाक्य छन्। 

नेपाल बारका अध्यक्ष वरिष्ठ अधिवक्ता डा.विजय प्रसाद मिश्रले समितिलाई एकआपसमा नजिरसँग बाझिएका, विधिशास्त्रीय मान्यतासँग मेल नखाने, असंगतिपूर्ण, दुरगामी प्रभाव पार्ने र सार्वजनिक सरोकारसम्बद्ध रहेका फैसला अध्ययन गर्ने कार्यादेश दिइएको बताए। 

‘यो नियमित कार्य हो। समितिले मिहिन रुपमा अध्ययन गरी फैसलाहरुलाई बौद्धिक छलफलमा लगिन्छ। न्याय संपादनमा कुनै असर पर्ने कुरा हुँदैन,’ बार अध्यक्ष वरिष्ठ अधिवक्ता डा.मिश्रले भने। 

समितिबाट अध्ययन भई सम्पादन भएका कार्यहरु सहितको प्रतिवेदन वार्षिक साधारण सभा र केन्द्रीय कार्यकारिणी परिषद्को बैठकमा प्रस्तुत गरिनेछ। त्यसपछि उक्त प्रतिवेदन सार्वजनिक जानकारीका लागि प्रकाशन पनि गरिदिने भएको छ। 
 

प्रकाशित मिति: १६:५३ बजे, मंगलबार, भदौ १०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्